setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रसुवाका सीडीओ पौडेल भन्छन्- चीनसँगको सम्पर्क टुट्यो, सयौं गाडी बगाएको छ (अपडेट)

असार २३, २०८२, सोमवार
नेपाल-चीन जोड्ने मितेरी पुल

नेपाल-चीन जोड्ने मितेरी पुल

असार २४ गते । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल(चीन सम्पर्क विच्छेद भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘मितेरी पुल सबै बगाएको छ । चीनसँगको सम्पर्क टुट्यो । भन्सारको यार्डमा जाँचपासका लागि राखेका सबै इभी पनि बगाएको छ ।’

मानवीय क्षतिको यकिन विवरण नआए पनि जलविद्युत आयोजनाका सामानहरु बगाएको उनले बताए । पार्किङमा राखेका गाडीमा कामदारहरु सुत्ने भएका कारण मान्छेहरु बगेको हुनसक्ने आशंका भएपनि विवरण संकलनको काम भइरहेका उनले बताए । उद्धारका लागि प्रहरीको टोली गएपनि पानीको सतह नघटेका कारण अहिले त्यहाँ पुग्न सकेको छैन । उनका अनुसार १२ जनाको प्रहरी टोली त्यहाँ नै फसेको छ । अहिले नेपाली सेनासँग समन्वय गरेर हेलिमार्फत उद्धारका लागि छलफल भइरहेको उनले बताए । -नेपाल प्रेस