setoveda logo
४ वैशाख २०८३, शुक्रवार

रुसी राष्ट्रपति पुटिनले भने- नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या छैन

भदौ १६, २०८२, सोमवार

भदौ १७ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल र आफ्नो देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । चीनको थियानजिङ शहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा पुटिनले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै सम्बन्धमा समस्या नरहेको बताएका राष्ट्रिय समाचार समिति ९रासस० ले उल्लेख गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली

पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गरेका थिए । अहिलेसम्म दुई देशबीचको सम्बन्धमा कुनै समस्या नरहेको पुटिनको भनाइ थियो । सुरुमा पुटिनसँग प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको भेट भएको थियो । त्यसपछि करिब आधा घण्टा दुई नेताबीच छुट्टै कुराकानी भएको राससले जनाएको छ ।

रुसी विश्व च्यानल आरटीको टेलिग्राम अकाउन्टले ओली र पुटिनबीचको वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी दिनको चर्चा भएको उल्लेख गरेको छ । सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाले आउँदो वर्ष कूटनीतिक वार्षिकोत्सव मनाइने पुटिनले बताएका भिडियो सार्वजनिक भएको छ ।