setoveda logo
४ वैशाख २०८३, शुक्रवार

राहत वितरण केन्द्रमा इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ७३ को मृत्यु

साउन ४, २०८२, आइतवार

साउन ५ गते । गाजामा सहायता र राहत सामग्री लिन विभिन्न स्थानमा लामबद्ध भएकामाथि इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । गाजा क्षेत्रमा सहायता वा राहत वितरण केन्द्रमा इजरायली सेनाले गोली चलाएको यो पहिलो घटना भने होइन । स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालहरुबाट सूचना संकलन गरेर एसोसिएट प्रेसले उत्तरी गाजामा भएको यो घटनामा मृत्यु हुनेको संख्या अनुमान गरेको हो ।

घटना

घटना

अलजजिराले भने स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै मृत्यु हुनेको संख्या ८४ पुगेको र जसमध्ये सहायता सामग्री लिन लाइनमा बसेका ७३ जना रहेको बताउँदै घटनामा २०० भन्दा धेरै घाइते भएको जनाएको छ । इजरायली सेनाले भने हमास लडाकुहरुले भीडमा अराजकता फैलाएको आरोप लगाउँदै गोली चलाउनुपर्ने अवस्थालाई पुष्टि गर्न खोजेको छ । संयुक्त राष्ट्रसंघले केही अघि गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम सातायता करिब ८०० जनाको ज्यान गएको बताएको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्, ुमे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ ।ुइजरायलले प्यालेस्टाइन लक्षित आक्रमण सुरु गरेयता त्यहाँका विशेषगरी महिला र बालबालिकाहरू भोकमरीको सिकार बनेका छन् । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको बताउँदै आएको छ । त्यहाँ सहायता सामग्री वितरण हुने ठाउँमा भीडभाड हुने र त्यसैमा इजरायली सेनाले गोली चलाउने घटना बारम्बार दोहोरिरहेका छन् ।