setoveda logo
४ वैशाख २०८३, शुक्रवार

२३ र २४ भदौमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई ८ करोड राहत

कार्तिक १०, २०८२, सोमवार

कार्तिक १० गते । सरकारले जेन–जी पुस्ताले २३ भदौमा गरेको आन्दोलनमा राज्यपक्षबाट भएको दमनमा ज्यान गुमाएका र त्यसको भोलिपल्ट २४ भदौमा भड्किएको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका ५३ जनाका परिवारलाई राहत उपलब्ध गराएको छ।

प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण 

प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण 

प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको हो। कारागार फोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट मृत्यु भएका र शवको पहिचान नखुलेका मृतकका परिवारलाई भने राहत दिइएको छैन। गृह मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको छ। गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार कारागारबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएका कैदीबन्दी वा थुनुवा र शवको पहिचान नखुलेकालाई राहत उपलब्ध गराइएको छैन।

आचार्यले भने, ‘यसबाहेक २३ र २४ भदौमा ज्यान गुमाउने मृतकका परिवारलाई प्रति मृतक १५ लाखका दरले राहत उपलब्ध गराउने गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको थियो। अर्थले सोही बमोजिम रकम निकासा गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारलाई राहत वितरण गरिएको छ।’