setoveda logo
२१ जेठ २०८३, बिहिवार

पाथीभरास्थित बलुडाँडामा घाइते भएका तीन जनालाई उपचारका लागि काठमाडौ लगियो

माघ १३, २०८१, आइतवार

पाथीभरास्थित बलुडाँडामा घाइते भएका तीन जनालाई उपचारका लागि काठमाडौ लगियो

माघ १३ गते । पाथीभरामा सुरक्षाकर्मी र नो केबलकार पक्षबिच शनिबार भएको झडपमा घाईते भएका तीन जनालाई थप उपचारका लागि विराटनगरबाट काठमाडौ लगिएको छ । थप उपचारका लागि आइतबार दिउँसो नेपाली सेनाको वायुयानमार्फत काठमाडौं लगिएको हो । गएराती दुई वटा एम्बुलेन्समा लगिएका घाइतेलाई नोबेल अस्पताल विराटनगरमा भर्ना गरेर उपचार गरेको थियो । तेह्रथुमको म्याङलुङ निवासी याम बहादुर लिम्बु,पाँचथको मिक्लाजुङ गाउँपािलका–५ का सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखुका धर्मेन्द्र पालुङवालाई उपचारका लागि भर्ना गरिएको प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । प्रजिअ शर्माले भने,‘घाइते तीन जनालाई नै उपचारका लागि भर्ना गरिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ एम्बुलेन्समा पठाइएका स्वास्थ्यकर्मी फर्किएका छन् । स्वास्थ्यकर्मी प्रेश्मा पतङ्वाले भनिन्,‘बाटोमा कुनै स्वास्थ्य समस्या भएन् । अस्पताल भर्ना गरेर हामीचाहिँ फर्कियौ । सुरक्षाकर्मी बस्छन वा फर्कन्छन् थाहा छैन् ।’

प्रमूख जिल्ला अधिकारी शर्माका अनुसार बाटोमा घाइतेको स्वास्थ्य अवस्थालाई ध्यान दिएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पठाइएको हो । लिम्बु र लावतीलाई गोली लागेको छ । लिम्बुको बायाँ खुट्टाको घुँडामा गोली लागेको छ । लावतीको कोखामा गोली लागेको छ । पालुङवाको भने कुममा चोट परेको छ । मिक्लाजुङ गाउँपालिका ५ कै मंगल लावती भने शनिबार बेलुकी जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात घर फकिएका छन् । मेरिङदेनका विशाल श्रेङ लिम्बुको हातको औला र कुममा चोट लागेको छ । नो केबलकार पक्षका ५ जना घाइते भएको मुक्कुमलुङ संघर्ष समितिका अभियन्ता सरोज कङलिवाले जानकारी ।

यता नेपाल प्रहरीका १२ जना र सशस्त्र प्रहरीका ९ जनालाई चोट लागेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक रवि रावलका अनुसार दोहोरो झडपमा सुरक्षाकर्मीलाई चोट लागेको हो । बलुडाँडामा दुई पटक झडप भएको थियो । घाइतेलाई जिल्ला अस्पतालबाट रेफर गर्दा मध्यरात भएको थियो ।

पाथीभरामा बन्ने केबलकारको विषययमा विवाद हुँदै आएको छ । पाथीभरा मुुक्कुमलुङ दर्शन केबलकार प्रालिले सम्पूर्ण प्रक्रिया पुरा गरेकाले निर्माणको थालनी गरेको छ । तर मुक्कुमलुङ सघर्ष समिति लगायत विभिन्न सँघ संस्थाले ज्ञापनपत्र तथा र्याली निकालेर विरोध प्रदर्शन जारी राखेको छ । हिमालयन कन्ट्रक्सनका प्रोपाईटर इन्द्र केदेमले जेसिबी र एक्साभेटर लगेर काम सुरु गरेका छन् । उद्योग बाणिज्य सँघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल र नो केबलकार पक्षधरबिच समेत केही महिना अगाडी जिल्ला समन्वय समितिमा छलफल चलेको थियो । तर दुवै पक्षले आ आप्नो कुरा राखेर विना निश्कर्ष छलफल टुङ्गिएको थियो ।