setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरामा माघ महिनामा ४ हजार बढि दर्शनार्थी

फागुन ४, २०८१, आइतवार

फागुन ४ गते । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा माघ महिनामा ४ हजार २ सय ४९ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले माघ ३० गते जारी गरेको सूचनामा उक्त संख्यामा दर्शनार्थीले दर्शन गरेका हुन् । यसैबिच माघ महिनमा दश लाख चालिस हजार तीन सय रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङद्धारा हस्ताक्षरित सूचनामा उक्त विवरण उल्लेख छ । समितिले हरेक महिनाको भेटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ । पाथीभरा क्षेत्रमा आवश्यकताअनुसारको संरचना निर्माण तथा पुराना संरचनाको मर्मत संम्भार गर्ने गरेको छ ।