setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरामा २ लाख २१ हजार दर्शनार्थी, ३ करोड ५ लाख बढि भेटी संकलन

चैत ३१, २०८१, आइतवार

बैसाख १ गते । देशकै चर्चित धार्मिकस्थल पाथीभरामा गएको वर्ष २ लाख २१ हजार ६ सय २ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले चैत ३१ गते सार्वजनिक गरेको विवरणअनुसार २०८० को तुलना करिब आधा कम हो । समितिका अनुसार पाथीभरामा वार्षिक ४ लाख बढि दर्शनार्थी आउने गरेको थियो । पाथीभरामा केबलकार निर्माणको पक्ष र विपक्षमा भएको आन्दोलन र बन्दले दर्शनार्थीको संख्या ह्वात्तै घटेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङगाम भन्छन्,‘आन्दोलन र बन्द धेरै भयो । त्यो भन्दा बढि बन्दसँगै त्रासको हल्लाले पनि असर गरेको हुन सक्छ ।’ साउनमा सबैभन्दा कम र कार्तिकमा सबैभन्दा बढि दर्शनार्थी आएको तथ्यांक छ । साउनमा १ हजार ९ सय ५५ जना र कार्तिकमा ६१ हजार १ सय ७३ जना आएका छन् । गतवर्षको सुरुको महिना बैसाखमा ५१ हजार ८ सय ४ जना र अन्तिम महिना चैतमा ४० हजार ४ सय ३५ जना आएका छन् । यसैबिच गएको वर्ष ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको छ । सबैभन्दा बढि ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको हो ।