setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरामा केवलकार विवादः ११ जना सुरक्षाकर्मी र १ जना आन्दोलनकर्मी घाइते

फागुन ८, २०८१, बिहिवार

फागुन ८ गते । जिल्लाको पाथीभरा क्षेत्रस्थित काफ्लेपाटी नजिक निर्माणाधिन ‘बटम स्टेशन’ क्षेत्रमा सुरक्षाकर्मी र केवलकार विरुद्धमा आन्दोलनरत समूहबिच विहिबार झडप भएको छ । झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकर्मी घाइते भएका छन् । प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार ११ जना सुरक्षाकर्मी ढुङगा लागेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ । आन्दोलनरत पक्षका घाइते उपचारमा रहेको मुक्साम लिम्बुले जानकारी दिए ।

आन्दोलनकर्मीले सुरक्षाघेरा तोडेर केही पर पुगेपछि धकेलाधकेल भएको थियो । थप अगाडी नबढ्न सुरक्षाकर्मीले दिएको चेतावनी आन्दोलनकर्मीले मानेनन् । अझ अगाडी बढ्न खोजेसँगै ढुङगा र लौरो प्रहार भएपछि प्रहरीको लाठी चार्जबाट एक जना आन्दोलनकर्मी घाइते बनेँ ।

आन्दोलनरत पक्षले आफ्ना पक्षलाई माइकिङगरि ढुङ्गा र लाठी प्रहार नर्गन वारम्बार अनुरोध गरेको थियो । उता सुरक्षाकर्मीले पनि निषेधित क्षेत्र प्रवेश नगर्न माइकिङ गरेको थियो ।

काफ्लेपाटीबाट ठूलो फेदिसम्म पैदल यात्रा गर्ने क्रममा ठूलो फेदिमा राजेन्द्र महतोले सम्बोधन गरे । महतोले भने,‘धार्मिकस्थलमा केवलकार जरुरी छैन् । म सरकारसँग अुनरोध गर्छु ।’

ठूलो फेदिमा संम्बोधन गरेर महतो पाथीभरा प्रस्थान गरे । लगत्तै विरोध र्याली ओरालो झर्यो । बलुडाँडामा केहीबेर नाराजुलुस गरे । लगत्तै बलुडाँडाबाट ओरालो झर्ने पैदलमार्गको दाहिनेपट्टिबाट केवलकार बटम स्टेशनतिर झरे । बटम स्टेशन भन्दा एक किलोमिटर माथि पुजा थियो ।

उक्त पुजामा सहभागी बने । र्याली सिँधै बटम स्टेशनतर्फ झर्न सुरु गर्यो । यद्यपी प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न दिएनन् । त्यही बेला झडप भएको हो । केहीबेर स्थिति तनावपुर्ण बन्यो । र्याली कोणसभामा परिणत भयो ।

कोण सभा सकिएपनि आन्दोनलकर्मीले ठाउँ छाडेका छैनन् । रातभर त्यहि बस्छन वा फर्कन्छन । थाहा छैन् । अहिले भने अवस्था सामान्य छ ।