फागुनको १० गते । शनिबारको दिन । उठ्नेवित्तिकै बाहिर निस्किएर हेर्दाको दृश्य चारैतिर धुम्मिएको थियो । पानीले निथ्रुक्क भिजेका जमिन ओभाएकै थिएन् । बाक्लो दुध लगाएर पाकेको चियासँग मकै भटमास खानुपर्नेगरिको चिसो थियो । मनमनैको अनुमान न हो, पाथीभरा हिउँले सेताम्मे बन्यो होला । प्रिय साथी राजेन्द्र महतलाई फोन गरे । सोधे,‘राजेन्द्र जी † के गर्दै ?’ राजेन्द्रले भने,‘मेरो दाजु नमस्कार ! फेदिमै छु । गज्जबले हिउँ पर्यो नि † अब मन्दिर जान लाग्या ।’ कुन्तोको हिउँ भनेपछि मरिहत्ते गर्ने म । उनले कुरा पुरा गर्न नपाउँदै मागिहाले,‘राजा † दाजैलाई हिउँको भिडियो कसरी दिन्छौ ।’ उनले जवाफ दिए,‘मेरो दाजु । अघि भर्खर हिउँको फोटो र भिडियो फेसबुकमा हालेको छु । तपाईका लागि मन्दिरको विशेष भिडियो पठाउँछु ल ।’ अनि त म औधी खूसी बनेँ । एउटै उदेश्य हो, पाथीभरामा हिउँ खेल्न र सेताम्मे हिमाल अवलोकन गर्न आन्तरिक पर्यटकलाई निम्तो दिनु । दुर्भाग्य, यति नै बेला एकातिर केवलकारको विरोधमा आन्दोलन छ । अर्कोतिर निर्माणको काम धमाधम छ ।
त्यही भएर पाथीभरा दर्शन गर्न आउन चाहने दर्शनार्थीका लागि के खबर गरौ । अरु जस्तै म पनि कन्फ्यूजमै छु । यद्यपी यो नै सही सन्देश हो, कि पाथीभरा आउने र फर्कने क्रम जारी नै छ । फरक यति हो,केवलकार विवादले विगतजस्तो भिडभाडचाहिँ छैन् । अतः सबै भएर भनौ,–‘दर्शनका लागि आउनुहोस् । दर्शनसँगै हिउँको मज्जा पनि लिनुहोस् । किनकी केवलकारको समर्थन र विरोधसँग दर्शनार्थीको कुनै साइनो छैन् ।’
ठूलोफेदिदेखि पाथीभरासम्म । ढुङगाले विच्छ्याइएको पैदलमार्ग छ । तर ढुङ्गै देखिदैन् । किनकी हिउँले छपक्कै छोपेको छ । कान्छीथानदेखि पाथीभरासम्म टाँगिएको सेतो धागो । जाँदाखेरि दाहिनेपटि पर्छ । बाटो पहिल्याउन त्यही सेतो धागो सहयोगी बन्छ । ठाउँ ठाउँमा आरामका लागि बनेका चौतारा छन् । आँखाले भ्याउन्जेल गुँरासका जंगल छन् । रुखका पातमा अडिएको हिउँ । पग्लिएर भुईँमा झर्छ । भुईभरि जमेको हिउँ । कतिपयले हातकै औला कलम बनाउन आँट गर्छन् । हिउँमा लेख्न् । क्लिक फोटो त खिच्नै पर्यो । सायद प्रकृती बारेको गफ बढि भयो होला । आउनुहोस, अब लागौ पाथीभरातिर । यात्रा गराउँदैहुनुहुन्छ,राजेन्द्र महत (भिडियो) । हिउँको कथा । हिउँकै गफ । यति नै ।
Youtube: Setoveda मा हेर्न सक्नुहुनेछ ।