setoveda logo
४ वैशाख २०८३, शुक्रवार

‘पाथीभरा देवीः श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र’ शिर्षकमा डिजिटल वक्तृत्वकला

पुष ९, २०८२, बुधवार
‘पाथीभरा देवीः श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र’ शिर्षकमा डिजिटल वक्तृत्वकला

‘पाथीभरा देवीः श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र’ शिर्षकमा डिजिटल वक्तृत्वकला

पुस ९ गते । जिल्लामा अवस्थित विश्वकै प्रसिद्ध धार्मिकस्थल ‘पाथीभरा मन्दिर’ को प्रचार–प्रसारका लागि ‘पाथीभरा देवीः श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र’ शिर्षकमा डिजिटल वक्तृत्वकला हुने भएको छ । पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा ‘स्वतन्त्र विद्यार्थी युनियन पाथीभरा वहुमूखी क्याम्पस’ को आयोजनामा कार्यक्रम हुन लागेको हो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले ८ वटा नियम पालना गर्नुपर्ने उल्लेख छ । सहभागी हुन इच्छुकले यहि पुस २० गतेभित्र भिडियो पठाईसक्नुपर्नेछ । प्रत्येक वक्ताले ३ देखि ५ मिनेटको भिडियो पठाउनुपर्नेछ । भिडियो सामान्य सम्पादन गर्न मिल्ने सुविधा दिएको छ । पाथीभराको धार्मिक आस्था,संस्कृति,पर्यटनको प्रचार,स्थानिय इतिहास,पर्यटकीय सम्भावना र आकर्षणजस्ता बुँदाहरु समावेश गर्नुपर्ने नियममा लेखिएको छ । धार्मिक साहिष्णुतालाई ख्याल गर्नुपर्ने उल्लेख छ । वक्ताले नेपाली भाषामा बोल्नुपर्नेछ । यद्यपी प्रथम,दितिय र तृतीय स्थान हाँसिल गर्ने वक्ताले औपचारिक प्रस्तुती दिनुपर्नेछ । मूल्याङकन् ४० प्रतिशत लाइक,कमेन्ट र शेयरको आधारमा र ६० प्रतिशत निर्णायक मण्डलबाट गरिने भएको छ । ९७४१७६४९३८ नम्बरमा भिडियो वार्टसएप गर्न सकिनेछ । सहभागीले ‘स्वतन्त्र विद्यार्थी युनियन पाथीभरा वहुमूखी क्याम्पस’ को पेजलाई अनिवार्य फ्लो गर्नुपर्ने भएको छ । प्रथम पुरस्कार २५ हजार छ । दोश्रो र तेश्रो क्रमशः १५ हजार र १० हजार छ ।

सहभागी हुन इच्छुकले ८ वटा नियम

सहभागी हुन इच्छुकले ८ वटा नियम

औपचारिक कार्यक्रम पाथीभरा वहुमूखी क्याम्पसको हलमा गरिने र सहभागीलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभराको विकासका लागि कार्यक्रम गरिएको स्वतन्त्र विद्यार्थी यूनियन पाथीभरा वहुमुखी क्याम्पस सभापति तिल कुमार जोगिले बताए । अध्यक्ष जोगिले भने,‘विद्यार्थी रचनात्मक हुन जरुरी छ । त्यही भएर यो पटक पर्यटनलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेका हौ ।’ पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो कार्यक्रम संम्भवत नौलो हो । डिजिटल प्रविधिसँग जोडेर कार्यक्रम गर्दा प्रचारमा अझ टेवा पुग्ने कार्यकारी निर्देशक हाङवाङले बताए । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको विकास र प्रचार प्रसारमा विभिन्न कार्यक्रम संञ्चालन गर्ने गरेको छ ।