setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरा दर्शनमा सुदन गुरुङ

मंसिर १२, २०८२, शुक्रवार
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शनपश्चात मायाको चिनो ग्रहणगरेर तस्बिर खिच्दै सुदन गुरुङ । तस्बिरः राजेन्द्र महत

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शनपश्चात मायाको चिनो ग्रहणगरेर तस्बिर खिच्दै सुदन गुरुङ । तस्बिरः राजेन्द्र महत

मंसिर १२ गते । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछिको चर्चित नाम हो, सुदन गुरुङ । गुरुङले आन्दोलनपछि ताली र गाली खेप्नुपरेको छ । जेन्जी आन्दोलनपश्चात नेतृत्व को हो भनेर खोजी हुँदा प्रायः चुपचापझै बनेको माहोल चिर्दै जेन्जी अगुवाको नेतृत्व गरेका गुरुङ त्यसपछि झनै चर्चामा आए । प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने भनेर डिस्कर्डबाट निर्णय लिएपछि प्रधानमन्त्रीमा सुशीला कार्कीलाई चयन गरेका हुन् । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाह (वालेन) जेन्जीको पहिलो सुचीमा थिए । तर बालेनले प्रधानमन्त्री बन्न चाहेनन् । पूर्वप्रधानन्यायधिस शुसीला कार्कीले प्रधानमन्त्रीको सपथ लिएको बेला गुरुङसहित अरु जेन्जी अगुवा पनि उनीसँगै थिए । राष्ट्रिय झन्डा ओढेर बधाई दिन पुगेका गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टामा ढोगेर भनेका थिए,‘देशलाई निकास दिनुहोला । फेरि आन्दोलन कहिल्यै गर्न नपरोस् ।’

पाथीभरामा सुदन गुरुङ ।

पाथीभरामा सुदन गुरुङ ।

कार्की नेतृत्वको सरकार गठन पश्चात राष्ट्रिय राजनीतिमा सिधा पहुँचमा रहेका गुरुङ विहिबार पाथीभरा दर्शन गरेर फर्केका छन् । हेलिकप्टरमा साथीहरुसँग आएका गुरुङ पाथीभरा दर्शन लगत्तै फर्केका हुन् । पाथीभरा क्षेत्र विकास समितिका राजेन्द्र महतले गुरुङलाई पाथीभरा अंकित फोटो मायाको चिनो दिएका छन् । पाथीभरामा कतिपय चर्चित व्यक्तिहरु कोही सुटुक्क आउँछन् । कतिपय चाहिँ खबर गरेरै आउने गरेका छन् । सर्वसाधाराणदेखि विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वको रुचीमा पर्ने धार्मिकस्थल हो हो,ताप्लेजुङस्थित पाथीभरा ।