setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाथीभरा-मुकुम्लुङ क्षेत्रमा नो केबलकारु भन्दै माइतीघरमा प्रदर्शन

फागुन २१, २०८१, बुधवार

फाल्गुन २१ गते । पाथीभरा-मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण तत्काल बन्द गर्नुपर्ने मागसहित काठमाडौंमा विरोध प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङ र आदिवासी नेवास् राजीतिक अभियानलगायतको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा मुकुम्लुङ आन्दोलनमा भएको राज्यको दमन रोक्न माग गरिएको छ । त्यस्तै केबलकार निर्माण तत्काल बन्द गर्न र पवित्र मुन्धुमी धार्मिक क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको छ ।

पाथीभरास्थित काफ्लेपाटी र बलुडाँडा तथा केबलकार बट स्टेशनमा गरि ३ पटक झडप भएको छ । झडपमा दुवै पक्षका घाइते भए । कतिपय उपचारमा छन् । कतिपयले स्वास्थ्यलाभ गरिसकेका छन् । यद्यपी केबलकार निर्माणको काम रोकिएको छैन् । सरकारले वार्तामा बोलाएको छ । तर नो केबलकार समूह वार्तामा गएको छैन् । कर्मचारीसँग वार्ता नगर्ने नो केवलकार पक्षधरको माग छ । मन्त्रीसँग मात्र वार्तामा बस्ने जनाएका छन् ।