‘पुसे मेला २०८२’ पुरुष ब्याडमिन्टन प्रतियोगीता
मंसिर २३ गते । जिल्लाको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभानमा ‘पुसे मेला २०८२’ पुरुष ब्याडमिन्टन प्रतियोगीता हुने भएको छ । प्रतियोगीता पुस ३ गतदेखि ५ गतेसम्म संञ्चालन हुने भएको छ । यद्यपी पुसे मेला पुस १ गतेदेखि नै सुरु हुनेछ । दुई वटा विधामा खेल हुनेछ । खेल संयोजक विकास तामाङका अनुसार कोशी प्रदेश स्तरीय ‘बी लेभल’ र जिल्ला स्तरीय ‘सि लेभल’ खेल हुनेछ । ‘बी लेभल’ मा प्रथम पुरस्कार ५२ हजार,दोश्रो पुरस्कार ३० हजार,तेश्रो र चौथौ पुरस्कार ७ हजारका दरले प्रदान गरिने संयोजक तामाङले जानकारी दिए । खेलका लागि दोभान बजार नजिकै कोर्ट बनाइएको छ । जिल्ला स्तरीय ‘सि लेभल’ को प्रथम पुरस्कार २५ हजार र दोश्रो पुरस्कार १२ हजार राखिएको छ । इन्ट्री शुल्क ‘बी लेभल’ मा २ हजार पाँच सय र ‘सि लेभल’ मा १ हजार पाँच सय तोकिएको छ । पुसे मेला संञ्चालन समिति तथा दोभान स्र्पोटिङ क्लबको आयोजनामा पुस १ गतदेखि ५ गतेसम्म मेला आयोजना गरिएको हो ।