setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

असार १६, २०८२, सोमवार

असार १६ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन्। दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्केकी थिइन्। उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्। उनीनिकट स्रोतका अनुसार गृह मन्त्रालयमा पत्र पठाएर सरकारी सेवा सुविधा फिर्ता लिने तयारीमा भण्डारी छिन्। अबदेखि सरकारी सेव सुविधा नलिने कुरा उल्लेख गरिएको पत्र पठाउने तयारीमा पूर्वराष्ट्रपति रहेको स्रोतको भनाइ छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्। सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय ९उपसचिव, गाडी चालक र कार्यालय सहयोगी० लगायत सेवा सुविधा दिने गरेको छ। पूर्वराष्ट्रपति भण्डारीले आवास र सवारी सुविधा लिएकी थिइनन्।