setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पूर्व मन्त्री स्व. गुरुङको परिवारद्धारा गुम्बालाई १ लाख २५ हजार सहयोग

वैशाख ३०, २०८२, मङ्गलवार

बैसाख ३० गते । पूर्व मन्त्री स्व. सुर्यमान गुरुङको परिवारले बुद्ध जयन्तीको अवसरमा निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार सहयोग गरेको छ । फुङलिङ नगरपालिका–६ स्थित गुम्बामा सोमबार आयोजित २५६९औं बुद्ध जयन्ती कार्यक्रममा बुद्धको मुर्तीसहित नगद सहयोग गरेका हुन् । श्रम तथा रोजगार र सामान्य प्रशासन मन्त्री स्वर्गीय गुरुङका श्रीमती र छोराछोरीले बुद्ध जयन्ती कार्यक्रमको सम्पूर्ण खर्च समेत उपलब्ध गराएका छन् । जेठा छोरा इन्द्रमान गुरुङका अनुसार ताप्लेजुङबासीले नै आफ्ना बुवालाई राजनीति गर्न प्रेरित गरेका हुन् । गुरुङले भने,‘बुवालाई जिल्लाबासीले सबथोक दिए । त्यही भएर हामीले जे जति सक्छौ । समाजलाई उपलब्ध गराउने प्रतिज्ञा गर्छौ ।’ स्वच्छ छविको राजनीति गरेकाले सबैले इमान्दार र सच्चा राजनीतिज्ञको रुपमा स्व. गुरुङलाई चिन्ने गरेका छन् ।

स्व. गुरुङ २०६४ को संविधानसभा सदस्यमा ताप्लेजुङ क्षेत्र नं. १ बाट निर्वाचित र २०७० मा संविधानसभामा समानुपातिक सूचीबाट संविधानसभा सदस्य चुनिएका थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व. गुरुङले जिल्ला विकास समितिको सभापति र नेपाली काग्रेस पाटी ताप्लेजुङको सभापतिको समेत जिम्मेवारी सम्हालेका थिए । २०८१ साल बैसाख २५ गते काठमाडौमा निधन भएको थियो । निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बाको पुनः निर्माणमा रकम खर्च गरिने अध्यक्ष भरत कुमार गुरुङले जानकारी दिए । गुम्बाद्धारा आयोजित कार्यक्रमका प्रमूख अतिथि फुङलिङ नगरपालिका प्रमूख अमिर मादेनले सबै समुदाय र धर्मको रक्षा गर्न नगरसरकार प्रतिबद्ध रहेको बताए ।

प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले २१औं शताब्दीमा बुद्धको उपदेश र मार्ग पछ्याउनेको संख्या उल्लेख्य रुपमा बढ्दै गएको बताए । बुद्धको उपदेशले विश्वलाई शान्ति कायम गर्न सहज बनेको छ ।

कार्यक्रममा साहित्य कार्यक्रम पनि समावेश थियो । लेकाली कान्छा मुक्कुम,प्रजिन हाङवाङ,खगेन्द्र कार्की,होम प्रसाद दाहाल,भरत कुमार गुरुङ,लिला आशु,सन्देश कालीकोटे,विनिता लिम्बु लगायत एक दर्जन सर्जकले कविता वाचन गरेका थिए । कार्यक्रममा बौद्ध धर्मावलम्बी लगायत विभिन्न धर्मावलम्बीहरुको सहभागीता थियो ।