ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्दै प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः राजेन्द्र महत
फागुन १ गते । प्रधानमन्त्री शुसीला कार्कीले शुक्रबार विहान पाथीभराको दर्शन गरेकी छिन् । हेलिकप्टरमार्फत आएकी प्रधानमन्त्री कार्कीले पाथीभरा दर्शन गरेकी हुन् । पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबेले प्रधानमन्त्री कार्कीलाई पाथीभरा अंकित तस्बिर मायाको चिनो वापत प्रदान गरे । अध्यक्ष थेबेका अनुसार प्रधानमन्त्री कार्कीले पाथीभरा देवीको दर्शन गर्ने क्रममा शक्ति माग्दै भनिन्,‘फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव सफल होस् । देश सम्पन्न र जनता खूसी हुन सकुन ।’ प्रधानमन्त्री कार्कीले पाथीभराको विषयमा अध्यक्षसहित कर्मचारीसँग जानकारी समेत लिएकी थिईन् । प्रधानमन्त्री कार्कीले पाथीभरामा करिब १ घण्टा बिताए । सबैसँग संक्षेपमा गफगाफ गरिन् । नेपाल सरकारद्धारा गठित पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष थेबेका अनुसार प्रधानमन्त्री कार्कीले देश र जनताले जित्नेगरि मतदान गर्न सबैसँग आग्रह गरिन् ।
पाथीभरा क्षेत्र विकास समितिले दिएको मायाको चिनो ग्रहणगर्दै प्रधानन्त्री सुशीला कार्की
प्रधानमन्त्री कार्कीले दर्शनबाट फर्केपछि सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा समेत पाथीभरा देवीसँग निर्वाचन सफलताका लागि शक्ति मागेको उल्लेख गरिन् । जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमूख जिल्ला अधिकारी शिवराज सेढाई र मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस विकास श्रेष्ठ लगायतको उपस्थिति थियो । हिमाली जिल्ला भएकाले चुनावको बेला हिउँ परि हाले दुर्गम क्षेत्रको मतपेटिका कसरी ल्याउने भन्ने विषय लगायत दर्जनौ विषयमा छलफल केन्द्रित भएको थियो । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले चुनाव तयारीबारे र प्रजिअ सेढाईले शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिए । प्रधानमन्त्री कार्कीले आवश्यक निर्देशन दिए । प्रधानमन्त्री कार्की हेलिकप्टरमार्फत शुक्रबार नै काठमाडौ फर्किएकी छिन् ।
प्रधानमन्त्रीसँग तस्बिर खिच्दै पाथीभरा क्षेत्र विकास समिति कर्मचारी