ताप्लेजुङमा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेद्वार अरुण लेछर्बो
फागुन ७ गते । ताप्लेजुङमा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेद्वार अरुण लेछर्बोले पहिचानको मुद्धा नै आफ्नो चुनावी नारा भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा चुनावको बुधबार घोषणा पत्र सार्वजनिक गर्दै उम्मेद्वार लेछर्बोले विकास,सुशासन र पहिचानको मुद्धा चुनावी नारा भएको बताएका हुन् । घोषणा पत्र सार्वजनिक कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेता सञ्जुहाङ पालुङवा लिम्बुका अनुसार अस्तित्व र पहिचानको विषय चुनावी एजेण्डा हो । लिम्बुले भने,‘काग्रेस,एमाले र माओवादी दल फरक हुन् । उनीहरुले न पहिचान स्विकार गर्छ । न त अस्तित्व ।’ यदपी मतदाताको घरदैलोमा आफ्नो चुनावी प्रतिबद्धता स्प्रष्ट रुपमा प्रस्ट्याउने जनाएको छ ।
उम्मेद्वार लेछर्बोसहित नेता निर्मला तावा र भक्त यङ्देन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि ।
उम्मेद्वार लेछर्बोसहित पाटीका नेता कार्यकर्ता जिल्लास्थित विभिन्न स्थानमा चुनावी घरदैलोमा पुगेका छन् । उम्मेद्वार लेछर्बोले भने,‘म र मेरो पाटीमा आबद्ध साथीहरु यो ठाउँ बनाउनुपर्छ भन्नेमा छौ । हामी बेला मौका आएर भाषण मात्र गर्नेमा पर्दैनौ ।’ जाँतो चिन्ह चुनाव चिन्ह हो । जिल्लामा १३ वटा राजनीतिक दल चुनावी मैदानमा छन् ।