setoveda logo
४ वैशाख २०८३, शुक्रवार

प्रतिनिधिसभा चुनाव २०८२ः ताप्लेजुङका उम्मेदवारहरु के गर्दैछन् ?

माघ १०, २०८२, शनिवार
उम्मेदवारी दिन पुगेका बेला खिचिएको तस्बिर ।

उम्मेदवारी दिन पुगेका बेला खिचिएको तस्बिर ।

माघ १० गते । प्रतिनिधिसभा चुनावको मिति अर्थात फागुन २१ को मिति नजिकिएसँगै उम्मेद्वारहरु घरदैलो गर्न थालेका छन् । ६१ वटा वडा,९ वटा स्थानिय तह केन्द्र र जिल्ला केन्द्रित कार्यक्रम के कसरी गर्ने भन्ने रणनीति पनि बनाउन थालेका हुन् । नेपाली काग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ शुक्रबार काठमाडौ प्रस्थान गरेका छन् । काग्रेस जिल्ला सभापति समेत रहेका तुम्याङले भने,‘बनभोज कार्यक्रमको निम्तो मान्न काठमाडौ जादैछु । राजनीतिक भेटघाट सकेलगत्तै फर्किहाल्छु ।’ ताप्लेजुङ सरोकार केन्द्रको आयोजनामा शनिबार (माघ १० गते) बनभोज कार्यक्रम तय भएको छ । हरेक वर्ष वनभोज कार्यक्रममा काठमाडौमा बसेका र काठमाडौ पुगेका जिल्लाबासीको भेटघाट गर्ने चलन बसेको छ ।

काग्रेस प्रत्यक्षतर्फका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ र समानुपातिक उम्मेदवार गीता सेन्दाङ मनोनयन दर्तापश्चात फर्कदै ।

काग्रेस प्रत्यक्षतर्फका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ र समानुपातिक उम्मेदवार गीता सेन्दाङ मनोनयन दर्तापश्चात फर्कदै ।

नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे जन्मथलो सिनाम पुगेका छन् । यूवा संघका केन्द्रिय अध्यक्ष थेबेले शनिबार तेल्लोक पुग्ने भएका छन् । थेबेले भने,‘सिरीजङगा गाउँपालिकाहुँदै सिदिङ्मा गाउँपालिकामा कार्यक्रम गरेर फर्कन्छु ।’

एमाले उम्मेदवार क्षितिज थेबे गाउँघरमा भोट माग्दै ।

एमाले उम्मेदवार क्षितिज थेबे गाउँघरमा भोट माग्दै ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठ पाटीका नेता बालेन शाह आएकाले व्यवस्थापनमा व्यस्त बने । रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडी सारेका शाह शुक्रबार पाथीभरा दर्शन गरेर फर्किएका छन् । अधिकाँश समय गाउँघरतिरै हुने भएकाले अब झन गाउँघरमै उपलब्ध हुने श्रेष्ठले बताए ।

रास्वा नेता तथा काठमाडौ महानगरका निवर्तमान नगरप्रमूख बालेन्द्र शाहसँग उम्मेदवार ईन्जिनियर वीरेन्द्र श्रेष्ठ ।

रास्वा नेता तथा काठमाडौ महानगरका निवर्तमान नगरप्रमूख बालेन्द्र शाहसँग उम्मेदवार ईन्जिनियर वीरेन्द्र श्रेष्ठ ।

नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार खेल प्रसाद बुढाक्षेत्री (पराग) गाउँघरतिर भेटघाटमा छन् । गाउँघरमा भेटघाट र छलफलको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका छन् । २०७९ को प्रतिनिधिसभा चुनावमा बुढाक्षेत्री एमालेका उम्मेद्वार योगेश कुमार भट्टराईसँग पराजित भएका थिए ।

नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार खेल प्रसाद बुढाक्षेत्री (पराग) 

नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार खेल प्रसाद बुढाक्षेत्री (पराग) 

श्रम संस्कृति पाटीका सन्तोष राई कहिले सदरमुकाम त कहिले याम्फुदिन र आसपासका वस्तीतिर छन् । जिल्ला समन्वय समितिको सदस्यबाट राजीनिमा दिएका राई हर्क साम्पाङ नेतृत्वको दलबाट उम्मेद्वार बनेका हुन् । जनता समाजवादी पार्टीका उम्मेदवार अरुण लेछर्बो लिम्बु कार्यक्रम तयारीमै व्यस्त छन् । उज्यालो नेपाल पार्टीका उम्मेद्वार कृतीमान मादेन संगठन विस्तार र प्रचार प्रसार दुवै काम गर्नुपर्ने बाध्यतामा छन् । कुलमान घिसिङ नेतृत्वको पार्टीमा आबद्ध मादेनलाई दुवै काम एकसाथ गर्नुपर्ने बाध्यता छ । मंगल नेशनल अर्गनाइजेशनका सन्त वहादुर लिम्बु,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बु,नेपाल जनमुक्ति पार्टीका इन्द्र कुमार लिम्बु,राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा र नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) नरपति पौडेल,जनता समाजवादी पार्टी नेपालका सुर्य गुरुङ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र कुमार लिम्बु चुनावी कार्यक्रममा व्यस्त छन् । सबै उम्मेद्वारले घोषणापत्र र कार्यक्रम तालिका सार्वजनिक गर्न बाँकी छ । सबै दलका उम्मेदवार भन्छन्,‘चुनावी घोषणापत्र र कार्यक्रम तालिका चाँडै सार्वजनिक गर्छौ । अहिले कार्यक्रम तयारी र भेटघाटमै व्यस्त छौ ।’