नेपाल प्रेस यूनियनको मंगलबार आयोजित ३४औं स्थापना दिवस
जेठ १३ गते । नेपाल प्रेस यूनियनको मंगलबार आयोजित ३४औं स्थापना दिवसको अवसरमा बाल मन्दिर आधारभुत विद्यालयमा अध्यनरत फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । यूनियनको स्थापना दिवसमा बालमन्दिरमा अध्यनरत डेढ दर्जन विद्यार्थीलाई कापी र कलम प्रदान गरेको हो । कार्यक्रमका प्रमूख अतिथि तथा नेपाली काग्रेस ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याङले विद्यार्थीलाई सामाग्री प्रदान गरे । २०४८ सालमा स्थापना भएको यूनियनले पत्रकारको हकहित र संरक्षणको वकालत गर्दै आएको छ । पत्रकारिताको धर्म निर्वाह गर्नु पहिलो सर्त हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेलले शैक्षिक सामाग्री प्रदान गरेकोमा यूनियनलाई धन्यबाद दिए । नेपाल पत्रकार महासँघ केन्द्रिय सदस्य माला पालुङवा,जिल्ला अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रेस सेन्टरका अध्यक्ष सन्देश कालिकोटे र प्रेस चौतारीका उपाध्यक्ष सहारा लङवाले शुभकामना दिए । प्रेस यूनियनका जिल्ला अध्यक्ष सन्तोष पुर्कुटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।