setoveda logo
४ वैशाख २०८३, शुक्रवार

प्रकाश सपुतका दुई फिल्म हलमा एकसाथ आउने

साउन २०, २०८२, मङ्गलवार

साउन २० गते । अभिनेता तथा गायक प्रकाश सपुत अभिनीत दुई फिल्म सिनेमा हलमा एकसाथ रिलिज हुने भएका छन्। फिल्म ुमाइतीघरु र ुहरिबहादुरको जुत्ताु असोज १३ (दसैंको फूलपाती) देखि एकसाथ प्रदर्शनमा आउने भएका हुन्। यी दुवै फिल्मको फर्स्टलुक पोस्टर हालसालै एकैदिन सार्वजनिक गरिएको थियो।

फर्स्टलुक पोस्टर

फर्स्टलुक पोस्टर

ुमाइतीघरु रोहित अधिकारी फिल्मस्को प्रस्तुती र मिलन तामाङ निर्देशित फिल्म हो। यसमा प्रकाशसहित केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, उपासना सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ। त्यस्तै, ुहरिबहादुरको जुत्ताु मा वरिष्ठ अभिनेता हरिवंश आचार्य प्रमुख भूमिकामा छन्। सरोज ओली र मोहितवंश आचार्य निर्माता, दीपेन्द्र के। खनाल निर्देशक रहेको यो फिल्ममा हरिवंश र प्रकाशसहित स्वस्तिमा खड्का, प्रियंका कार्कीलगायत शीर्ष भूमिकामा छन्।

ुपरदेशी २ु बाट फिल्ममा डेब्यु गरेका प्रकाशको एकसाथ दुई फिल्म रिलिज हुन लागेको यो पहिलो पटक हो। प्रकाशको दोस्रो फिल्म ुपूर्ण बहादुरको सारंगीु र उनकै निर्देशनमा बनेको फिल्म ुबसन्तु रिलिज भइसकेका छन्। उनी अभिनीत ुसोल्टिनीु पनि प्रदर्शन तयारीमा छ भने प्रकाशले फिल्म ुपरालको आगोु मा समेत अभिनय गर्दैछन्। शुक्रबार प्रकाशले नयाँ गीत ुनाइँ भनेसी नाइँु सार्वजनिक गरेका छन्।