ताप्लेजुङ बजार
चैत ८ गते । शुक्रबार बेलुकी परेको वर्षासँगैको हिमपात । शनिबारचाहिँ धुम्मिएको मौसम थियो । अपरान्ह पानी पनि पर्यो । तर आइतबार विहानको मौसम छ्याङ खुलेको छ । चारैतिरको मौसम सफा छ । पहाडका थाप्ला–थाप्लामा सेतो कुहिरो अडिएको छ । समुद्रझै हलचल छैन् । पाथीजस्तै देखिने पाथीभरा डाँडा हिउँमय छ । मानाभरा डाँडामाथिको हिउँ बिलाउन थालेको छ । रुखका पातमा अडिएको सेताम्मे धुलो पखालिएको छ । वातावरण नुवाईधुवाई गरेर घामको स्पर्शमा छ ।
ताप्लेजुङ बजार
ताप्लेजुङ बजार