setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पोखरा निवासी दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङले अक्षयकोषमा दिए एक लाख पाँच हजार

चैत २, २०८२, सोमवार
कास्कीस्थित पोखरा १७ घर भई हाल युकेमा बसोबास गर्दै आइरहनुभएका दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङ

कास्कीस्थित पोखरा १७ घर भई हाल युकेमा बसोबास गर्दै आइरहनुभएका दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङ

चैत २ गते । समाजसेवी दम्पतीले जिल्लास्थित नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सञ्चालन गरेको नेपाल नेत्र ज्योति अक्षयकोषमा समाजसेवी दम्पतीले रकम जम्मा गरेका छन् । विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारका लागि अक्षयकोषमा १ लाख ५ हजार रुपैयाँ जम्मा गरेका छन् । कास्कीस्थित पोखरा १७ घर भई हाल युकेमा बसोबास गर्दै आइरहनुभएका दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङले अक्षयकोषमा रकम दिएका हुन् ।

अक्षयकोषका लागि दाताबाट रकम ग्रहणगर्दै सभापति राजकुमार गुरुङ

अक्षयकोषका लागि दाताबाट रकम ग्रहणगर्दै सभापति राजकुमार गुरुङ

केन्द्रका वरिष्ठ नेत्ररोग, क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार उपचारका लागि आर्थिक अभावमा रहेका बिरामीहरूको उपचारमा रकम खर्च गर्ने गरि सङ्घले स्थापना गरेको अक्षयकोषमा रकम जम्मा गरेका हुन् । अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजको ८० प्रतिशत रकममार्फत विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारमा सहयोग गर्ने उद्देश्य सङ्घको रहेको छ । बाँकी २० प्रतिशत रकम साँवामै जोडिने गरि कार्यविधि बनाइएको समेत सङ्घले जनाएको छ । जस अनुसार नै क्रमश दाताहरूले रकम जम्मा गरिरहेका छन् । हालसम्म विभिन्न दातामार्फत करिब साढे ८ लाख रुपियाँ रकम जम्मा भएको क्लिनिक इन्चार्ज गुरुङले जानकारी दिए । सभापति राजकुमार गुरुङ,उपसभापति खगेन्द्र अधिकारी,सचिव यूवराज गीरी,कोषअध्यक्ष निरोज श्रेष्ठ लगायत समितिका पदाधिकारी तथा कर्मचारीले दातालाई धन्यबाद दिएका छन् ।