setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा, एथलेटिको बाहिरियो

असार ९, २०८२, सोमवार

असार १० गते । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन् (पीएसजी) फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह बी को खेलमा अमेरिकी क्लब सिएटल साउन्डर्सलाई २-० ले हराउँदै पीएसजी समूह विजेता बनेर अगाडि बढेको हो । भिचा भारासखेलिया र अचरफ हाकिमीले पीएसजीका लागि गोल गरेका थिए। यसअघि एट्लेटिको मड्रिडमाथि ४-० को ठुलो जितले पनि पीएसजीको गोलअन्तर बलियो बनाएको थियो।

खूसी मनाउँदै पीएसजीका खेलाडी

खूसी मनाउँदै पीएसजीका खेलाडी

यता यसै समूहको अर्को खेलमा बोटाफोगोलाई हराएपनि एट्लेटिको भने गोलअन्तरका आधारमा पछाडि रहँदै अघि बढ्न सकेन । अन्तिम समयमा एन्टोइन ग्रिज्मानको गोलबाट १(० को जित निकालेपनि एट्लेटिको बाहिरिँदा बोटाफोगो नै अघिल्लो चरणमा प्रवेश गरेको हो । पीएसजीसँगको फराकिलो हारले एट्लेटिकोको यात्रा समूह चरणमै टुंगियो। बोटाफोगोले भने पीएसजीलाई १-० ले हराएको थियो जसका कारण उसको अघिल्लो चरण सम्भावना बलियो बनेको थियो । समूह बी मा पीएसजी, बोटाफोगो र एट्लेटिको मड्रिडको समान ६-६ अंक भएको छ । गोलअन्तरका आधारमा पीएसजी शीर्षमा, बोटाफोगो दोस्रोमा र एट्लेटिको तेस्रोमा रहे ।