setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पौडेल भन्छन्,‘पाँच सय र एक हजार नोट बन्द गरौ’ लिम्बु भन्छन्,‘गठबन्धन गर्दैनौ, भोट पनि किन्दैनौ ’

फागुन ११, २०८२, सोमवार
प्रतिनिधिसभा सदस्य उमेद्वारहरु सन्त वहादुर लिम्बु,सुर्य गुरुङ र नरपति पौडेल ।

प्रतिनिधिसभा सदस्य उमेद्वारहरु सन्त वहादुर लिम्बु,सुर्य गुरुङ र नरपति पौडेल ।

फागुन ११ गते । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) उम्मेद्वार नरपति पौडेलले देशमा पाँच सय र एक हजारको नोट बन्द गर्नुपर्ने बताएका छन् । सोमबार विहान आयोजित चुनावी बहस रेडियो कार्यक्रममा बोल्दै पौडेलले भने,‘देशमा भ्रष्टचार र भ्रष्टचारी धेरै छन् । पाँच सय र एक हजारको नोट बन्द भएमा देशले लय समात्छ ।’ नेता र विचौलियाहरुले अकुत सम्पत्ति आर्जन गरेको पौडेलले दावी गरे । नेत्र विक्रम चन्द नेतृत्वको पार्टीको तर्फबाट उम्मेदवार बनेका पौडेलका अनुसार २०६४ सालयता २०७९ सम्मको चुनावमा पार्टीले चुनावमा भाग लिएको थिएन् । तर २०८२ को प्रतिनिधिसभा चुनावमा पार्टीले भाग लिएको बताए । पार्टी अध्यक्ष विप्लव उम्मेदवार छैन् ।

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) उम्मेद्वार नरपति पौडेल

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) उम्मेद्वार नरपति पौडेल

मंगोल नेशनल अर्गनाइजेशन पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार सन्त बहादुर लिम्बुले पार्टीलाई क्षेत्री बाहुन लखेट्ने पार्टी भनेर भ्रम फैलाएकोमा दुःख व्यक्त गरे । लिम्बुले भने,‘हामीलाई क्षेत्री वाहुन लखेट्ने पार्टी भनेर भ्रम फैलाए । यो दुःखको कुरा हो ।’ पार्टीले घोषणापत्रमा जाति,धर्म र लिङ्गको विषयमा कुनै कुरा समावेश छैन् । विगतमा सानो पार्टी भनेर मुल धारका मिडियाले स्पेश नदिएको तर अहिले सबै मिडियाले पार्टीको मुद्धालाई स्पेश दिएको लिम्बुले अनुभव सुनाए । लिम्बुले भने,‘गठबन्धन गर्दैनौ । भोट पनि किन्दैनौ ।’ आफू योग्य र जनताको भरोसा भएकाले जिल्ला,प्रदेश र सँघले उम्मेदवार बनाएको लिम्बुले बताए । चुनावमा हार जित जे भएपनि पार्टीले उठाएको मुद्धा हजारौ वर्षसम्म पनि निरन्तर रहने लिम्बुले बताए ।

मंगोल नेशनल अर्गनाइजेशन पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार सन्त बहादुर लिम्बु

मंगोल नेशनल अर्गनाइजेशन पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार सन्त बहादुर लिम्बु

जनता समाजवादी पार्टी नेपाल उम्मेदवार सुर्य तमूले २०६२÷६३ को जनआन्दोलनबाट पनि देश परिवर्तन नभएको बताए । गुरुङले भने,‘व्यक्ति परिवर्तन भएका छन् । तर देश परिवर्तन हुन सकेन् । गलत पात्रको हातमा सत्ता रहुन्जेल देश र जनताले दुःख पाउँछ ।’ गुरुङले सामाजिक सञ्जालबाटै मत माग्ने गरेका छन् । प्रविधिको प्रयोग गरेर मत मागेको उनले बताए । गुरुङले थपे,‘सामाजिक सञ्जाल चलाउन सिक्दा सिक्ने सिप हो । मैले त्यो प्रयोग गरेको छु ।’

जनता समाजवादी पार्टी नेपाल उम्मेदवार सुर्य तमू

जनता समाजवादी पार्टी नेपाल उम्मेदवार सुर्य तमू

पौडेल,लिम्बु र गुरुङलाई तपाईहरुको मत कति हो भन्ने जिज्ञासामा उनीहरुले सामुहिक जवाफ दिदैँ भने,‘ठ्याक्कै यति नै हो भन्न सक्दैनौ । तर एउटै मुद्धा भएका पार्टी पनि विभाजित छौ ।’ साना दलले मत भेला गर्ने र अन्त्यमा पैसाको थैलो आफूले बोक्ने र मतदान गर्न लगाउने चलन छ नि भन्ने प्रश्नमा उनीहरुले भने,‘त्यो दुर्भाग्यपूर्ण हो । जसले गर्छ ऊ कारवाहीको भागिदार बन्छ ।’ यद्यपी जनताले मत दिए छातीमा सांसदको लोगो लगाउनेछौ ।

नोटःविस्तृत कुराकानी रेडियो ताप्लेजुङ,रेडियो तमोर र रेडियो काबेलीको पेजमा क्लिक गरेर सुन्न सक्नुहुन्छ ।