प्रथम लिङ्तेप गोल्डकप
जिल्लाको मेरिङ्देन गाउँपालिका-४ स्थित लिङतेपमा प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक पाँचथरले चुमेको छ। मङ्गलबार सम्पन्न फाइनल खेलमा साथीभाइ सामाजिक युवा क्लब फुङलिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै पाँचथरले उपाधि चुमेको हो ।
साथीभाइ सामाजिक युवा क्लब फुङलिङ
उपाधि सँगै पाँचथरले नगद ३ लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो बनेको साथीभाइले नगद १ लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कप अनतरगतको फाइनल खेलमा म्यान अफ दि म्याच पाँचथरका सुशील लावती बने। उनलाई नगद दुई हजार रुपियाँले पुरस्कृत गरिएको छ ।
कोशी प्रदेशका सांसद तथा पूर्व मन्त्री खगेनसिं हाङगाम खेल अवलोकन गर्दै ।Photo: Goal Nepal
मेरिङ्देन गाउँपालिका अध्यक्ष युक हाँ वीर हाङगाम (डम्बर) ।
मेरिङ्देन गाउँपालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ ।Photo: Goal Nepal
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी साथीभाइका जमिन लक्सम भए। लक्समले नगद ८ हजार रुपियाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल किपर पाँचथरका रोचक लावती, उत्कृष्ट डिफेन्डर साथीभाइका धर्मेन्द्र मगर र सर्वाधिक गोलकर्ता पाँचथरका लोकेन्द्र थापा घोषित भए । उनीहरुले जनही नगद ४-४ हजार प्राप्त गरे । खेल संयोजक विश्व नाल्बोका अनुसार प्रतियोगीता सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगीताले निरन्तरता पाउने नाल्बो बताए ।
खेल संयोजक विश्व नाल्बो Photo: Goal Nepal