चैत १३ गते । जिल्लाको फुङलिङ नगरपालिका ६ स्थित इन्द्रेणी ब्याडमिन्टन हलमा मंगलबार पाँचौ मेयर कप ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । ८ वटा विधा थियो । चैत ९ गतदेखि १२ गतेसम्म भएको खेलमा खेलाडी र दर्शकको उपस्थिति विगतको तुलनामा निकै नै बढि रह्यो । अधिकाँश खेल प्रतिस्पर्धात्मक थियो ।
१५ वर्षमुनिका महिलातर्फ रोश्नी लिम्बु प्रथम र निरिशा लिम्बु दोश्रो बने । रोश्नीले २१–१२ र २१–१४ को सोझो सेटमा पराजित गरे । दुवैलाई ट्रफी र र्याकेट प्रदान गरे ।
यसैगरि १५ वर्षमुनीको उमेर समूह पुरुषतर्फ रुद्र बहादुर गुरुङ प्रथम र करन लिम्बु दोश्रो भए । रुद्रले पहिलो सेटमा २१–१७ ले पराजित गरे । करनले दोश्रो सेटमा २१–७ ले हराए । तर तेश्रो सेटमा रुद्रले २५–२३ को संघर्षपूर्ण जित दर्ता गरे । दुवैले ट्रफी र र्याकेट प्राप्त गरे ।
यसैगरि मेन्स डबल्सतर्फ विकास थेबे र आशिष विस्ट च्याम्पियन बने । थेबे र विष्टको जोडीले डेविट गुरुङ र रविन सुनुवारको जोडीलाई पराजित गरे । २१–१२ र २१–१४ को स्कोरसहित सोझो सेटमा पराजित गरे । विजेताले नगद १६ हजार रुपैयाँ र उपबिजेताले १२ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
वुमन्स सिंगलतर्फ भावनादेवी केदेम प्रथम र सरुना गुरुङ दोश्रो भए । केदेमले गुरुङलाई २१–१४ र २१–८ को सहज जित दर्ता गरे । विजेताले १२ हजार र उपविजेताले ८ हजार ५ सयसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
भेट्रान ४५ वर्षमाथिको उपाधि गजेन्द्र थलङ र सन्तोष चोङवाङको जोडीले ईन्द्र कुमार गुरुङ र किशोर राईको जोडीलाई पराजित गरे । थलङ र चोङवाङको जोडीले गुरुङ र राईको जोडीलाई २१–१३ र २१–१९ को स्कोरमा पराजित गरेको हो । प्रथमले १६ हजार र दोश्रोले १२ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरि कर्मचारी र जनप्रतिनिधिबिचको खेलमा सोजित श्रेष्ठ र लक्ष्मण घतानीको जोडीले नरेश महर्जन र युगमणी सवेहाङको जोडीलाई पराजित गर्यो । २१–८ र २१–१९ को सेटमा पराजित गरेको हो । श्रेष्ठ फुङलिङ नगरपालिका ५ वडाअध्यक्ष र घतानी नेपाल प्रहरीका जवान हुन् । महर्जन सशस्त्र प्रहरी बल ताप्लेजुङका प्रहरी नायब उपरिक्षक र सवेहाङ जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमूख हुन् । विजेताले १६ हजार र उपविजेताले १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरि मेन्स डबल्सतर्फ (सिनियर) विकास तामाङ र लाक्पा शेर्पाको जोडी विजयी भए । तामाङ र शेर्पाको जोडीले रविन साउदेन र सन्जुहाङ साउदेनको जोडीलाई पहिलो सेट २१–१७ र तेश्रो सेटमा २१–१९ ले पराजित गर्यो । विजेताले दोश्रो सेट २१–१७ ले गुमाएको थियो । विजेताले २० हजार र उपविजेताले १५ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
मेन्स सिंगलतर्फ मिलिन गुरुङले बसन्त गुरुङलाई पराजित गर्यो । २१–१७ र २१–१८ ले पराजित गरे । विजेताले १२ हजार र उपविजेताले ८ हजार ५ सयसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
निशुम गुरुङलाई उदयीमान खेलाडी घोषित गरि र्याकेट प्रदान गरेको छ । विजेता र उपविजेतालाई नगद पुरस्कारमा २५ प्रतिशत कर कटि गरि पुरस्कार प्रदान गरेको छ ।
फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले आगामी वर्ष पनि ब्याडमिन्टन खेलमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । यद्यपी खेलाडीमा अनुशासन पहिलो सर्त हुनपर्नेमा नगरप्रमूख मादेनले जोड दिए ।
कोशी प्रदेश पूर्व मन्त्री बल वहादुर साम्सोहाङ,नगरउपप्रमूख भिमादेवी ओझा,जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार लिम्बु (गणेश) लगायतको उपस्थिति थियो । विजेता खेलाडीलाई प्रमूख अतिथि र अतिथिले पुरस्कार प्रदान गरे ।
जिल्ला ब्याडमिन्टन सँघ जिल्ला अध्यक्ष सुरेश सिंघकले दशौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेलाडी छनौट गर्न सहज भएको बताए । खेललाई निरन्तरता दिनका लागि लगानी आवश्यक पर्ने भएकाले स्थानिय,प्रदेश र सँघ सरकारले लगानी बढाउनुपर्नेमा अध्यक्ष सिंघकले जोड दिए । जिल्ला ब्याडमिन्टन सँघको आयोजना तथा फुङलिङ नगरपालिका मुख्य प्रायोजक हो ।