setoveda logo
४ वैशाख २०८३, शुक्रवार

२४औं सशस्त्र प्रहरी दिवस–२०८१ः प्रजिअ शर्माले भने,‘कमाण्डरको आदेश पालना गरौ’

माघ ९, २०८१, बुधवार

माघ ९ गते । प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले कमाण्डरको आदेशको पालना गर्दै कर्तव्यपथमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बलको बुधबार ‘२४औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रजिअ शर्माले संगठनको काम,कर्तव्य र अधिकारमा प्रतिबद्ध हुनुपर्नेमा समेत जोड दिए ।

प्रजिअ शर्माले भने,‘कमाण्डरको आदेश पुर्ण रुपमा पालना गर्नु पर्छ । राष्ट्र र नागरिकको सुरक्षामा सदैव तयार हुनुपर्छ ।’

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक नरेश महर्जनले संगठनले २३ वर्षको अवधिमा कार्यसम्पादन गरेका विषयमा चर्चा गरे । विपद,सिमा सुरक्षा,आतंककारी गतिविधि नियन्त्रयण लगायत नागरिकसँग सहकार्य गरेर सामाजिक कार्यमा समेत हातेमालो गर्ने गरेको प्रहरी नायब उपरिक्षक महर्जनले बताए । महर्जनले भने,‘नागरिकको मन जित्नेगरि काम गरौ । सबैको मन र मस्तिष्कमा बस्नेगरि कार्यसम्पादन गरौ ।’

यसैबिच दिवसको अवसरमा फुङलिङ नगरपालिका–२ स्थित कार्यालय मैदानमा आ.व.२०८१÷८२ मा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रशसा पत्र समेत वितरण गरेको छ । स.प्र.नि. डिगेन्द्र ओलीलाई अप्रेशनल,विपद उद्धार र काफ्लेपार्टीमा सुरक्षा बेस स्थापना गर्न योगदान गरेवापत प्रंशसा पत्र वितरण गरेको हो । यसैगरि सप्रनानि जीवन पतङ्वा,कृष्णदेव यादब,सप्रज आदिम गुरुङ,सप्रप दिेश थापा मगर,सप्रसह डिक बहादुर तामाङ,सप्रह उमेश कुमार माझी,सप्रसह कुमारी मानी थारु,सप्रज अमरेश कुमार यादब,सप्रज वकिल शाह र राम कुमार खंग र सप्रज झनक बाँनियालाई प्रशंसा पत्र प्रदान गरेको हो । प्रमूख जिल्ला अधिकारी शर्मा,राष्ट्रिय अनुसन्धान कार्यालय प्रमूख सञ्जय मंण्डल,भिमकाली गुल्मका गुल्मपति विक्रम थापा,प्रहरी नायब उपरिक्षक रवि रावलले प्रशंसा पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा फुङलिङ नगरपालिका–२ अध्यक्ष मोहन न्यौपाने,पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ, पत्रकार महासँघ अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,रेडियो तमोरका स्टेशन मेनेजर कृष्ण फुरुम्बो,रेडियो ताप्लेजुङका देवराज गुरुङ,रेडियो कावेलीकी एलिना दियाली लगायत सञ्चारकर्मीको उपस्थिति थियो । सशस्त्र प्रहरी बल २०५७ साल माघ ९ गते स्थापना भएको थियो ।