setoveda logo
४ वैशाख २०८३, शुक्रवार

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍यो, आउँदो जेठ ३ देखि १० गतेसम्म हुने

फागुन १६, २०८१, शुक्रवार

फागुन १६ गते । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा हिजो बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ । नयाँ मितिअनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।

यसअघि २०८१ साल चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने भनिएको थियो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ को मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । यस्तै बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी ९एनओसी० को चुनावमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई राखेपले निलम्बन गर्ने निर्णयसमेत गरेको छ ।