setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ओलीको तर्क: ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ

साउन ४, २०८२, आइतवार

साउन ५ गते । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने सूचना सार्वजनिक भएपछि ठूलो संख्यामा समर्थकहरू च्यासल पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने योजना अध्यक्ष ओलीले शनिबारको पोलिटब्युरो बैठकमै सुनाएका थिए । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, पार्टी भूमिका लगायतबारे बसेरै टुंग्याउने ओलीले बताएका थिए ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरु ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरु ।

त्यसैअनुसार ओलीले आज पूर्वराष्ट्रपति भण्डारी र उनी निकट नेताहरूसँग संवादको योजना बनाएका हुन् । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीका बारेमा छलफल गर्नकै निम्ति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले बालुवाटार बोलाएका थिए । पोखरेलसँगको संवाद सकेर पूर्व राष्ट्रपतिसँग कुरा गर्ने ओलीको योजना थियो । तर भण्डारी बालुवाटार जान मानिनन् । ‘अस्ति ३ जेठमा बालुवाटार गएर कुरा गरेकै हो, तर त्यो भेटको कुरालाई अध्यक्षले मान्यता दिनुभएन । र, सल्लाह विना राजनीतिमा आउने घोषणा गरेको कुरा भनिरहनुभएको छ’, भण्डारी निकट स्रोत भन्छ, ‘बालुवाटारको कुरा रेकर्डमा रहँदैन भने च्यासलमै बसौं भनिएको हो ।’ पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने अभिव्यक्ति र पार्टी नेतृत्व हस्तान्तरण नगर्ने ओलीको अडानका कारणले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । च्यासलमा शीर्ष नेताहरू र भण्डारी समर्थक युवा(विद्यार्थीको भीड लाग्नुले पनि आजको भेटवार्ताको महत्व अनुमान लगाउन सकिन्छ ।

नेताहरूकै दबाब

शनिबारको पोलिटब्युरो बैठकमा सहभागी नेताहरूका अनुसार पूर्व राष्ट्रपति भण्डारीसँग वार्तामा बस्न ओलीलाई अधिकांश नेताहरूले सुझाव दिएका थिए । ‘पूर्व राष्ट्रपतिले राजनीतिमा सक्रिय हुने सार्वजनिक घोषणा गरिसकेपछि थप कुराकानी गर्ने दायित्व पार्टी अध्यक्षकै हुने तर्क अधिकांश पोलिटब्युरो सदस्यहरूले गरेका थिए’, एक नेताले भने । ती नेताका अनुसार लगभग बैठक हलकै सुझाव मिल्दो थियो । ‘हिजो तपाईंहरू ९ओली र भण्डारी० मिलेर आउनुभएको हो । अब पनि मिलेरै अगाडि बढ्नुपर्छ भन्ने मत बैठकमा लगभग साझा थियो’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीसँग वार्ता मार्फत एउटा निकास दिनुपर्छ भन्ने ओलीलाई उनी निकटकै नेताहरूले पनि दिएका थिए ।