setoveda logo
४ वैशाख २०८३, शुक्रवार

नेयमारले विश्वकप छनोट नखेल्ने

चैत २, २०८१, शनिवार

चैत २ गते । ब्राजिलका स्टार स्ट्राइकर नेयमारले चोटका कारण फिफा विश्वकप फुटबल छनोट नखेल्ने भएका छन् । नेयमारले विश्वकप फुटबल २०२६ का लागि यही महिना हुने कोलम्बिया र अर्जेन्टिनासँगको छनोट खेल नखेल्ने भएका हुन् ।

नेयमारले विश्वकप छनोट नखेल्ने भएपछि १८ वर्षीय एन्ड्रिक टोलीमा परेका छन् । एन्ड्रिकले राष्ट्रिय टोलीबाट १३ खेलमा ३ गोल गरेका छन् । नेयमार चोटका कारण झन्डै डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेकामा गएको फेब्रुअरीमा क्लब फुटबलमा फर्किएका थिए । ३३ वर्षीय नेयमारले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् । उनी ब्राजिलका अहिलेका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन् ।

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियासँग र त्यसको पाँच दिनपछि ब्युनस आयर्समा पूर्वविजेता अर्जेन्टिनासँग खेल्नेछ ।