setoveda logo
४ वैशाख २०८३, शुक्रवार

नयाँ नाम र लोगोमा आयो काठमान्डु गोर्खाज

साउन ९, २०८२, शुक्रवार

साउन ९ गते । ‘आयो गोर्खाली’ भन्ने सन्देश बोकेको काठमान्डु गोर्खाजले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोलीले सिजन २ अगाडि व्यवस्थापकीय पक्षमा परिवर्तन गरेको जनाएको हो । गत वर्ष भएको पहिलो सिजनमा टोलीले काठमान्डु गुर्खाजको नामबाट खेलेको थियो ।

नयाँ नाम र लोगोमा आयो काठमान्डु गोर्खाज

नयाँ नाम र लोगोमा आयो काठमान्डु गोर्खाज

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको गोर्खाजले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र मार्की खेलाडी एवं कप्तान करण केसीले बिहीबार आयोजित कार्यक्रममा नयाँ लोगो अनावरण गरेका थिए ।यसअघिको लोगोमा ब्याटिङ गरिरहेको चित्र थियो । नयाँ लोगोमा उपत्यकाका ऐतिहासिक सम्पदाहरू समेटिएका छन् । क्रिकेट मैदानमा खेलिने भएकाले गोर्खाज अब सम्पदा केन्द्रित भएर पनि अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत ठकुरीले जनाए । एनपीएलको सिजन २ आउन लागेको समयमा मानिसहरूले परिवर्तन खोजेको र यो परिवर्तनका लागि परिवर्तन नभई अहिलेको आवश्यकता भएको उनले जनाए ।