setoveda logo
४ वैशाख २०८३, शुक्रवार

न्यू कंञ्चनजंघा कृषि सहकारी संस्थाको ४ करोड ६८ लाख करोबार

पुष २६, २०८२, शनिवार
नियमित बचत गरेर पुरस्कृत भएका दोखु चारपाटेका शेर वहादुर गुरुङ प्रमूख अतिथि वडाअध्यक्ष सोजित श्रेष्ठमार्फत सम्मान पत्र ग्रहण गर्दै ।

नियमित बचत गरेर पुरस्कृत भएका दोखु चारपाटेका शेर वहादुर गुरुङ प्रमूख अतिथि वडाअध्यक्ष सोजित श्रेष्ठमार्फत सम्मान पत्र ग्रहण गर्दै ।

पुस २६ गते । जिल्लाको फुङलिङ नगरपालिका–५ स्थित न्यू कंञ्चनजंघा कृषि सहकारी संस्थाले ४ करोड ६८ लाख ३१ हजार पाँच सय अठसठ्ठी रुपैयाँको कारोवार गरेको छ । सहकारीको शनिबार आयोजित २०औं साधारणसभामा कोषअध्यक्ष गंगाराम गुरुङले प्रस्तुत गरेको प्रतिवेदनमा ३ करोड ७० लाख पाँच सय रुपैयाँ ऋिण लगानीमा रहेको उल्लेख छ । चुक्ता पुँजी ७५ लाख ५१ हजार पाँच सय छ । सदस्यहरुको निक्षेप ३ करोड ४ लाख ८२ हजार दुई सय तीन रुपैयाँ छ । सहकारीको बैंक मौज्दात ९१ लाख ९४ हजार दुई सय बाह्र रुपैयाँ रहेको कोषअध्यक्ष गुरुङले बताए । संस्थाले ७ लाख ७५ हजार १ सय ३६ रुपैयाँ नाफा आर्जन गरेको छ ।

विशिष्ट अतिथि वडाअध्यक्ष तेज गुरुङमार्फत नियमित बचत गरेर पुरस्कृत भएका मनमाया गुरुङको सम्मान पत्र ग्रहण गर्दै छिमेकी कमलादेवी गुरुङ 

विशिष्ट अतिथि वडाअध्यक्ष तेज गुरुङमार्फत नियमित बचत गरेर पुरस्कृत भएका मनमाया गुरुङको सम्मान पत्र ग्रहण गर्दै छिमेकी कमलादेवी गुरुङ 

लेखा तथा सुपरीवेक्षण समिति संयोजक अमृत वहादुर खुदाङका अनुसार चार खातामा लेखा व्यवस्थापन तथा आम्दानी र खर्च लगायतको विवरण व्यवस्थित गरेको छ । सहकारीमा शेयर सदस्य ५ सय ९ जना छ । तीमध्ये महिला ३ सय ६ जना र पुरुष २ सय ३ जना छन् । बाल बचत गर्ने २ सय २ जना छन् । शेयर सदस्यमध्ये १ सय २२ जना महिला र ६९ जना पुरुष गरि १ सय ९१ जना ऋिणी छन् । चालु आ.व.मा भाखा नाघेका ऋिणीको संख्या ५ प्रतिशतमा झार्ने अध्यक्ष यीगेन्द्र कुमार गुरुङले गरेको प्रस्ताव अनुमोदन गरेको छ । सहकारीको जग्गा खरिद गरि भवन निर्माण प्रक्रियालाई समेत अगाडी बढाउने भएको छ ।

२०औं साधारणसभामा सहभागी अतिथिहरु ।

२०औं साधारणसभामा सहभागी अतिथिहरु ।

फुङलिङ नगरपालिका–६ वडाअध्यक्ष तेज गुरुङले (मदन) सहकारी संञ्चालक,कर्मचारी र शेयर सदस्यहरुमा जिम्मेवारी र इमान्दारी हुनुपर्नेमा जोड दिए । प्रमूख अतिथि फुङलिङ नगरपालिका–५ वडाअध्यक्ष सोजित श्रेष्ठले सहकारीमा आबद्ध सबैमा साक्षरता सम्बन्धि ज्ञान हुनुपर्नेमा जोड दिए । प्याब्सन जिल्ला अध्यक्ष देवराज गुरुङले बाल बचत गर्ने अभियान संञ्चालन हुनुपर्नेमा जोड दिए । सहकारीका उपाध्यक्ष धन वहादुर थापाले आउँदो वर्षदेखि सहकारीले अझ फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नियमित बचत गर्नेतर्फ जेष्ठ नागरिक दोखु चारपाटेका शेर वहादुर गुरुङ र काहुलेका मनमाया गुरुङलाई सम्मान पत्र र नगद हस्तान्तरण गरेको छ । सहकारी २०६२ सालमा स्थापना भएको हो ।

यातायात खर्चवापत रु. ५ सय रुपैयाँ बुझ्दै शेयर सदस्यहरु ।

यातायात खर्चवापत रु. ५ सय रुपैयाँ बुझ्दै शेयर सदस्यहरु ।