setoveda logo
४ वैशाख २०८३, शुक्रवार

नेपाल समूह ‘ए’मा, भारत र पाकिस्तान अर्कोमा

साउन ४, २०८२, आइतवार

साउन ४ गते । श्रीलंकाको कोलम्बोमा हुने साफ यु-१७ च्याम्पियनसिपको ड्र आज सार्वजनिक भएको छ।बंगलादेशको ढाकामा भएको ड्रमा समुह ‘ए’ मा ३ र समुह ‘बी’ मा ४ राष्ट्र रहेका छन्। नेपाल समुह ‘ए’ मा आयोजक श्रीलंका र बंगलादेशसँग रहेको छ। भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र माल्दिभ्ससँग परेका छन्। भारत गत संस्करणको विजेता हो।

खेल तालिका

खेल तालिका

प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुनेछ। साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ड्र ढाकामा सम्पन्न भएको हो। जहाँ यु-२० महिला साफ च्याम्पियनसिपका प्रशिक्षक तथा अफिसियलहरूको पनि उपस्थिति रहेको थियो।‌ उपाधिका लागि दक्षिण एसियाका ७ राष्ट्रबीच‌ प्रतिस्पर्धा हुनेछ।