setoveda logo
४ वैशाख २०८३, शुक्रवार

नेपाल र हङकङको खेल गोलरहित बराबरी

जेठ २२, २०८२, बिहिवार

जेठ २३ गते । नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । हङकङको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । तुलनात्मक रुपमा बढि अवसर सिर्जना गरेपनि हङकङले अग्रता भने लिन सकेन । नेपाल दोस्रो हाफको इन्ज्युरी समयमा भने १० खेलाडीमा सिमित भएको थियो । मणि लामा दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छाड्न पुगेका थिए ।

नेपाली फुटबल खेलाडी 

नेपाली फुटबल खेलाडी 

प्रशिक्षक म्याट रसले दोस्रो हाफमा सिर्जन राज गौतमलाई मैदान प्रवेश गराउँदै डेब्यु पनि दिए । नेपालले अब एसियन कप छनोटको समूह चरणको खेलमाजुन १९ मा लाओसको सामना गर्दैछ । नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको थियो । यस समूहमा भिएतनाम पनि रहेको छ ।