माघ १९ गते । जिल्लाको पाथीभरा मन्दिरको दर्शनमा आएका तीन दर्जन दर्शनार्थीलाई नेपाल प्रहरीले स्कटिङ गरि शनिबार विहान काफ्लेपाटी पुर्याएको छ । दर्शनार्थीलाई काबेलीदेखि काफ्लेपाटीसम्म स्कटिङ गरेको हो । प्रहरी नायब उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार दर्शनार्थी र समस्यामा परेका सर्वसाधारणलाई आवतजावतमा सहजीकरण गर्दै आएको छ । डीएसपी रावलले भने,‘दर्शनार्थी निर्दोश हुन् । सहज आवतजावतमा कसैले बाधा गर्नु हुँदैन् । कसैले गरे स्विकार्य छैन् ।’
दर्शनार्थी र सर्वसाधरणलाई जटिल समस्या आइपरे सहययोग गर्न प्रहरी तयार रहेको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्शनार्थीको सहयोग कहिले एक्लै र कहिले संयूक्त रुपमा गर्दै आएको छ । प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार सुरक्षा निकायबिच एक आपसमा समन्वय गरि आवश्यकता अनुसार परिचालन हन्छ । प्रजिअ शर्माले भने,‘केबलकार पक्ष र आन्दोलनरत पक्षको मात्र होइन,नागिरकको जनधनको सुरक्षा गर्न प्रशासन जुनसुकै बेला ब्यस्त हुन्छ ।’
जिल्ला अस्पतालको एम्बुलेन्समा ढुङ्गा प्रहार गर्नेको खोजी भने जारी छ । पाथीभरास्थित बलुडाँडा क्षेत्रमा माघ १२ गते शनिबार भएको दोहोरो झडपपश्चात माघ १५ गतेदेखि यातायात बन्द छ । आन्दोलनरत पक्षले आव्हान गरेको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । बन्दको विषयमा सर्वसाधारणले समेत सामाजिक सञ्जालमा विरोध जनाउन सुरु गरेका छन् । यद्यपी प्रशासनले सरकार गंम्भिर भएकाले संयमता अपनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले शुक्रबार सामान्य प्रशासन मन्त्रालयलाई समन्वय र सहजीकरणका लागि पत्राचार गरेको छ । पत्रचारसँगै अब बार्ताहुने र समस्या समाधान हुने विश्वास बढेको छ ।