जेठ १० गते । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ताप्लेजुङको अध्यक्षमा दुर्गा श्रेङ चोङबाङ लिम्बू चयन भएका छन्। सदरमुकाममा शुक्रबार सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा लिम्बू सर्वसम्मत चयन भएका हुन् । अध्यक्षका लागि तीन जना आकाङक्षी रहेपनि मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लिम्बूलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको छ ।
उपाध्यक्षमा रामचन्द्र पोमु (आरसी), महिला उपाध्यक्षमा देविमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवमा बादल गुरुङ, अम्मर लोहार, गणेश राई सहित ४५ सदस्यीय जिल्ला कमिटी निर्विरोध गठन गरिएको छ ।
केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पान्डेको प्रमुख आतिथ्यतामा अधिबेशनको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्न केन्द्रीय कमिटीका सचिब बलदेब चौधरी, निर्बाचन आयोगका अध्यक्ष माधब पौडेल, कोशी प्रदेश कमिटीका अध्यक्ष सरिता खड्का, जिल्ला तथा पालिका स्तरीय नेता कार्यकर्ता, अन्य पार्टीका प्रमुख तथा प्रतिनिधहरुको सहभागीता रहेको थियो । अधिबेशनमा जिल्लाका ६१ ओटै वडाबाट २ सय ५० जना प्रतिनिधिको सहभागीता रहेको सचिब मोहन न्यौपानेले जानकारी दिए ।