setoveda logo
४ वैशाख २०८३, शुक्रवार

नेपाली काग्रेस लघु प्रशिक्षणः ऐतिहासिक पृष्ठभूमिदेखि आधुनिक युग सुहाउँदो विषय

असार २७, २०८२, शुक्रवार
नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा शुक्रबार आयोजित कार्यक्रममा प्रस्तुती गर्दै जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याङ

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा शुक्रबार आयोजित कार्यक्रममा प्रस्तुती गर्दै जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याङ

असार २७ गते । नेपाली काग्रेस प्रशिक्षण विभागले असार १६ गते प्रशिक्षण कार्यक्रम संञ्चालन सम्बन्धि सूचना सामाजिक सञ्जालमा सार्वजनिक गर्यो । फुङलिङ नगरपालिकाअन्तर्गतका ११ वटै वडाबाट प्रतिनिधित्व गर्नुपर्ने भ्रातृ संस्था र संख्या नै किटान गरेको थियो । सोही बमोजिम शुक्रबार (असार २७ गते) उद्योग वाणिज्य सँघको हलमा आयोजित कार्यक्रममा अपेक्षा गरेजति नै सहभागी भए ।

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरु ।

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरु ।

प्रशिक्षण कार्यक्रममा नेपाली काग्रेसको ऐतिहासिक पृष्ठभुमिदेखि आधुनिक युग सुहाउँदो विषय समावेश थियो । प्रशिक्षण विभाग प्रमूख डिल्लीरमण बरालले पार्टी स्थापना,जय नेपाल शब्द,चारतारे झण्डा र रुख चिन्हको महत्व प्रष्ट पारे । शुक्रराज शास्त्रीदेखि मुक्ति सेनाले समेत प्रयोग गर्ने शब्द हो,‘जय नेपाल’ । रेडियो नेपालले पहिलो पटक प्रयोग गरेको शब्द पनि ‘जय नेपाल’ नै थियो । काग्रेसको चिन्ह रुख छनौट र महत्वबारे चर्चा गरे । रुख प्रकृतीको सम्मान पनि हो । चारतारे झण्डाको अर्थ वाक स्वतन्त्रता,आर्थिक स्वतन्त्रता,धार्मिक स्वतन्त्रता र भयबाट मुक्ति हो । रातो र सेतो रङको अर्थ लोकतन्त्र प्राप्ति गर्न गरिने संघर्ष र शान्तिको प्रतिक पनि हो । काग्रेस जिल्ला उपसभापति समेत रहेका बरालले भने,‘झन्डा,चिन्ह र शब्दको अर्थ महत्वपुर्ण छ । कार्यकर्ता र नेताले जान्नैपर्छ,बुझ्नैपर्छ ।’ विपी कोइरालाले भारत निर्वासनका बेला नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि गरेको संघर्ष काग्रेसले मात्र होइन,सबैले अध्यन गर्न आवश्यक छ ।

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरु ।

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरु ।

यसैबिच कार्यक्रममा काग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याङले उद्घोषण र प्रवचनकला सम्बन्धि कक्षा संञ्चालन गरे । कार्यक्रमका प्रमूख अतिथि तुम्याङले भने,‘माइक समाएर बोल्दैमा उद्घोषक हुने होइन् । उद्घोषक शब्दलाई न्याय गर्न सक्नेगरिको हुनुपर्छ ।’ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आयोजित कार्यक्रममा उद्घोषकले बोल्ने शब्ददेखि लगाउने पहिरनसम्म ध्यान दिनुपर्ने विषय प्रस्तुतीमा समावेश थियो । नेपाली काग्रेसको साधारण सदस्यको मुल्य र मान्यता तथा क्रियाशिल सदस्यको योग्यताको विषयमा पूर्व सभापति केशव प्रसाद दाहालको प्रस्तुती थियो । दाहालले भने,‘विधानमा लेखिएको सर्त पालना गरेर मात्र काग्रेस हुन सकिदैन् । मनदेखि नै काग्रेस हुन सक्नुपर्छ ।’

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा आयोजित कार्यक्रमका सहजकर्ता र विषय विवरण ।

नेपाली काग्रेस प्रशिक्षण विभागद्धारा आयोजित कार्यक्रमका सहजकर्ता र विषय विवरण ।

नेपाली काग्रेसको आदर्श र सिद्धान्तको विषयमा जिल्ला सदस्य सुरेन्द्र बस्नेतले प्रस्तुती दिए । राष्ट्रियता, लोकतन्त्र र समाजवादको विषयमा सदस्य बस्नेतले प्रष्ट पारे । संविधान देशको मुल कानुन हो । स्थानिय तह,प्रदेश र संघिय सरकारको काम,कर्तव्य र उदेश्य प्रस्तुतीमा समावेश थियो । नेपाली काग्रेसको ऐतिहासिक पृष्ठभूमि र राजनीतिक प्रतिबद्धताबारे मातृका शेर्पाले सहजीकरण गरे । प्रशिक्षण विभाग सदस्य शेर्पाले भने,‘राजनीतिक प्रतिबद्धता नैतिक हतियार हो । जब प्रतिबद्धता पुरा गर्न सकिन्छ । तब पाटी जीवित हुन्छ ।’ संगठन विस्तारमा सूचना प्रविधिको प्रयोगबारे महाधिवेशन प्रतिनिधि माला पालुङ्वाले प्रस्तुती दिए । पालुङ्वाले भनिन्,‘२१औं शताब्दीको युग हो । विज्ञान प्रविधिको उच्चतम प्रयोगले मानवीय जीवन सभ्य बनेको छ । तसर्थ दुरुपयोग होइन, सदुपयोग गरौ ।’ सामाजिक सञ्जालमा लेखिने स्टाटस व्यक्तिको बौद्धिकता मापन गर्ने सुचक पनि हो । उनले सामाजिक सञ्जालसँग कसरी जोडिने र छिटो छरितो रुपमा प्रविधिमैत्री भएर कसरी काम गर्ने भन्ने सिपको खाँचो रहेको बताए । कार्यक्रममा सहभागीले कार्यक्रम शिर्षक समय सुहाउँदो भएको प्रतिक्रिया दिएका छन् । काग्रेसले पछिल्लो समय कार्यक्रम र सभा सम्मेलन व्यापक बनाउँदै लगेको छ ।