setoveda logo
२१ जेठ २०८३, बिहिवार

नेपाली काग्रेस घुम्ती बैठकः जेष्ठ नागरिक सम्मान, पाटी प्रवेशगर्नेलाई स्वागत

असार १३, २०८२, शुक्रवार
नेपाली काग्रेस पाटीको घुम्ती बैठक

नेपाली काग्रेस पाटीको घुम्ती बैठक

असार १३ गते । नेपाली काग्रेस पाटीको सदरमुकामा शनिवार तय गरिएको घुम्ती बैठकको तयारी पुरा भएको छ । सामुदायिक हलमा विहान ११ बजेदेखि सुरु हुने बैठकका लागि आवश्यक तयारी पुरा भएको नेपाली काग्रेसले जनाएको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु बरालको प्रमूख आथिथ्यतामा कार्यक्रम हुने भएको हो । काग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याङले भने,‘तयारी पुरा भएको छ । ६१ वटै वडामा निम्तो गरेको नेता कार्यकर्ता आउने क्रम सुरु भएको छ ।’ नेपाली काग्रेस फुङलिङ नगर कार्य समिति सभापति सुरेश सिंघक नेतृत्वको टोलीले कार्यक्रमस्थलमा साउण्ड सिस्टम जडानदेखि सरसफाई गरेर तयारी पुरा गरेको छ । सिंघकले भने,‘सबै साथीहरु आएर काम सघाउनुभयो । त्यही भएर सहज नै भयो ।’

सामुदायिक हल

सामुदायिक हल

कार्यक्रम उद्घाटन र स्वागत मन्तव्य लगत्तै फुङलिङ नगर कार्य समितिको विशेष कार्यक्रम समावेश गरिएको छ । कार्यक्रममा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखिएको छ । यसैगरि पाटीको विभिन्न भ्रातृ संस्थामा निर्वाचित भएकालाई बधाई ज्ञापन कार्यक्रम छ । ११ वटै वडाको वडा सभापतिले वडामा पाटीको अवस्था बारेमा व्रिफिङ गर्नेगरि समय व्यवस्थापन गरिएको छ ।

यसैगरि विभिन्न पाटी परित्याग गरेर आएकालाई पाटी प्रवेश कार्यक्रम समावेश छ । नगर कार्य समितिको कार्यक्रम सकेपछि घुम्ती बैठक सुरु हुनेछ । बैठकमा विभिन्न एजेण्डा समावेश गरेको छ । नगरपालिकाको विकाससँग सम्बन्धित विषयमा फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले जवाफ दिने भएका छन् । पाटी र संगठनको विषयमा पाटी नेतृत्वले जवाफ दिनेछ । एजेण्डामाथि छलफल गरेर निश्कर्षमा पुगेपछि ‘फुङलिङ घोषणापत्र’ जारी गरि बैठक समापन गर्ने कार्यक्रम तालिका छ ।

स्वागत नृत्यको प्राक्टिश गर्दै नेविसँघ

स्वागत नृत्यको प्राक्टिश गर्दै नेविसँघ

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम,पाटीका पूर्व सभापति केशवप्रसाद दाहाल,पाटीका पदाधिकारी,जिल्ला सदस्य,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सहभागी हुने भएका छन् । क्षेत्रिय कार्य समितिका पदाधिकारी,वडा कार्य समिति भ्रातृ सँघ सस्था र नेता कार्यकर्ता भेला हुने भएका छन् । मेरिङदेन गाउँपालिकामा पहिलो पटक घुम्ती बैठक बसेको थियो । प्रत्येक स्थानिय तहमा घुम्ती बैठक संञ्चालन गर्ने निर्णय भएको काग्रेस नेतृ शिला इजम राईले जानकारी दिए ।