चैत १० गते । नेकपा माओवादी केन्द्र फक्ताङलुङ गाउँपालिका कमिटिको तेश्रो अधिबेसनले राजन कुमार लिम्बु (मुक्ति)को अध्यक्षतामा ४५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । लिम्बु फक्ताङलुङ गाउँपालिका अध्यक्ष समेत हुन् । शनिबार सम्पन्न अधिबेशनले उपाध्यक्षत्रयमा तारादेवी लिम्बु,दिल कुमार पतंङ्वा र धन वहादुर राईलाई चयन गरेको छ । सचिवमा सुधिर सावदेन,सहसचिव शमसेर फेम्बो लिम्बु र कोषअध्यक्षमा रनहाङ माबोहाङलाई निर्वाचित गरेको छ ।
अधिवेशनले थप ४ जना सदस्यलाई मनोनित गर्ने सहमति गरेको छ । पुर्व गृह तथा अर्थमन्त्री एवंम पार्टीका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) को प्रमूख आथिथ्यतामा अधिवेशन भएको थियो ।