फागुन १७ गते । नेकपा माओबादि केन्द्र सिदिङ्वा गाउँपालिका कमिटीको तेश्रो अधिवेशनले अम्बर वहादुर लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्ष तीन जना चयन भएका छन् ।
उपाध्यक्षमा गौरीमान लिम्बु,याम वहादुर बानियाँ र अमृता लिम्बू चयन भएका हुन् । सचिवमा किरण लिङ्देन,सहसचिव सनम थापा र कोषअध्यक्ष तेन्जित कार्की रहेका छन् । कोशी प्रदेश पूर्व मन्त्री ईन्द्र आङ्बो,जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री (पराग) र मैवााखोला गाउँपालिका अध्यक्ष तथा पार्टीका वैकल्पिक केन्द्रिय सदस्य विजय प्रकाश वनेम लगायत नेतृत्व सिदिङ्मा पुगेका थिए ।