फागुन ११ गते । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरामा केवलकार निर्माणको विरोधमा उत्रिएका आन्दोलनकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । ‘नो केवलकार’ समुहमा आबद्ध समितिले आइतबार विज्ञप्ति प्रकाशित गरि शनिबार पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेको हो । घाइतेलाई उपचार,पक्राउ परेकालाई रिहा,प्रमूख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा र प्रहरी नायब उपरिक्षक रवि रावललाई कारवाही गर्न,निषेधाज्ञा हटाउन र केवलकार खारेज गर्न माग गरेको छ ।
(विज्ञप्ति हेर्नुहोस ।)
कोशी प्रदेशका १४ वटै जिल्लामा आइतबार आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् । शनिबार बेलुकी सदरमुकाममा राकेँ जुलुस प्रदर्शन सकिएपछि पनि घरमै गएर कुटपिट र पक्राउ गरेको भन्दै भत्र्सना गरेको छ । दर्शनार्थीलाई राज्यले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।