setoveda logo
२१ जेठ २०८३, बिहिवार

नो केबलकार समूहलाई सरकारी वार्ता टोलीले वार्ताका लागि फेरी आब्हान गर्यो

फागुन १०, २०८१, शनिवार

फागुन १० गते । जिल्लाको पाथीभरा मुक्कुमलुड केबलकार खारेजिको माग गर्दै आन्दोलनरत समूहलाई सरकार द्वारा गठित बाती समूहले फेरी आव्हान गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समूदायको स्थानीय समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्तामा आउनका लागि आव्हान गरेको छ । भट्टराई संयोजकत्वको वार्ता समितिले आफुहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै नो केवलकार समूहले मन्त्री स्तरीय वार्ता समितिको माग गर्दै आएका छन्। यता आन्दोलनरत समूहले शुक्रबार काफलेपार्टीमा नाराजुलुस सहित कोण सभा गरेका छन् ।