भदौ १५ गते । इङलिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा म्यानचेस्टर यूनाइटेडले वर्नलीमाथि रोमाञ्चक जित हाँसिल गरेको छ । ९० मिनेटसम्म २–२ गोलको वरावरी थियो । तर ९०+७ मिनेटमा म्यानयूले पेनाल्ट पायो । पेनाल्टीलाई ब्रुनो फर्नान्डेसले गोल गरे । त्यो गोल ३ अंकको थियो ।
पेनाल्टी गोल गरेपछि खुसी मनाउँदै ब्रुनो फर्नान्डेस
डिबक्समा डियालो अमदलाई वर्नलीको डिफेन्डरले फउल गरेकाले पेनाल्टी पाएको थियो । खेलमा म्यानचेस्टरले दुई पटक अग्रता लिएको थियो । खेलको २७औं मिनेटमा वर्नलीका कुलिनको आत्मघाती गोलको मदतमा म्यानचेस्टरले अग्रता लियो । तर खेलको ५५औं मिनेटमा फोस्टरले वरावरी गोल फर्काए । ५७औं मिनेटमा युनाइटेडका म्याम्वाउले गोल गरे । तर वर्नलीले ६६औं मिनेटमा एन्थोनीकोको गोलमा पुनः खेल वरावरीमा ल्याए । म्यानचेस्टरले वल पोजिसन राखेर खेलेको थियो । तर खेल सकिन केही समय बाँकीसम्म जितका लागि कुर्नुपर्यो । ४अंकसहित युनाइटेड ९औ र वर्नली ३ अंकसहित १२औं स्थानमा छ ।