setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मैवाखोलामा ब्याडमिन्टन सिंगलमा मिलिन गुरुङ च्याम्पियन, डबल्समा मिलिन र बसन्तको जोडी प्रथम

फागुन १८, २०८१, आइतवार

फागुन १८ गते । जिल्लाको मैवाखोला गाउँपालिकामा आयोजित ब्याडमिन्टन पुरुषतर्फ सिंगलतर्फ मिलीन गुरुङ विजयी भएका छन् । बसन्त गुरुङले स्थान प्राप्त गरे । विजेताले प्रथम पुरस्कार १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरे । यसैगरि पुरुष डबलतर्फ मिलिन गुरुङ र बसन्त गुरुङको जोडी प्रथम र युवराज बोगटी र ज्ञानु तेम्बेको जोडी दोश्रो भए । प्रथम पुरस्कार १५ हजार र दोश्रो ७ हजार पाँच सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक जलजले क्लब साँघुका सचिव चिरञ्जीवी चोङवाङले जानकारी दिए । ब्याडमिन्टन नगद पुरस्कार सौजन्य नन्द कुमार फागो चोङवाङ,कमला लावती फागो चोङवाङ,युवराज फागो चोङवाङ,खगेन्द्र फागो चोङवाङ (बेलायत) र आशा फागो चोङवाङ,आशिष थापा हङकङ,डम्बर वहादुर फागो चोङवाङ धरान,पेम्बा स्याङवो शेर्पा आलोक मालिङ्गेनी आधारभुत विद्यालय प्रअ ले सौजन्य गरेका हुन् । महाशिवरात्री पर्वको अवसरमा फागुन १३ गतेदेखि १७ गतेसम्म प्रतियोगीता आयोजना गरिएको थियो ।