setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मैवाखोला गाउँपालिकाद्धारा किसानलाई याक वितरण

जेठ १०, २०८२, शनिवार

जेठ १० गते । जिल्लाको मैवाखोला गाउँपालिकाले याक÷चौरी प्रबद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई १४ वटा याक वितरण गरेको छ । मैवाखोला गाउँपालिका–६ साम्तोङको जलजले याक चौरी पालन कृषक समूहलाई याक वितरण गरेको हो । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार गाउँपालिकाले ५ लाख रुपैयाँ लगानी गरेको छ । अध्यक्ष वनेमले भने,‘८० प्रतिशत गाउँपालिकाको लगानी हो । २० प्रतिशत किसानको हो ।’

हिमाली क्षेत्रमा पशुपालन मुख्य पेशा हो । यद्यपी याक तथा चौरी पालक किसानको संख्या घट्दो छ । पशुपालन व्यवसायमा आकर्षित गर्नका लागि गाउँपालिकाले चालु आ.ब. २०८१÷८२ मा कार्यक्रम सञ्चालन गरेको हो । अध्यक्ष वनेमका अनुसार कार्यक्रमको प्रभावकारीताको आधारमा आउँदो वर्षदेखि निरन्तरता दिने वा नदिने निर्णय तय गरिने भएको छ ।