setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मतदाताको घरदैलो गरेर सदरमुकाम फर्किएका तुम्याङ भन्छन्,–‘मतदाताको निम्तो छ । भ्याएसम्म फेरी जान्छु ।’

फागुन ५, २०८२, मङ्गलवार
मतदाताको घरदैलो गर्ने क्रममा स्वागत ग्रहण गर्दै काग्रेस उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ ।

मतदाताको घरदैलो गर्ने क्रममा स्वागत ग्रहण गर्दै काग्रेस उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ ।

फागुन ५ गते । नेपाली काग्रेस ताप्लेजुङका उम्मेदवार (प्रत्यक्ष) गजेन्द्र प्रसाद तुम्याङ पहिलो चरणअन्तर्गत मतदाताको घरदैलो कार्यक्रम गरेर सोमबार बेलुकी सदरमुकाम फर्किएका छन् । निर्वाचन क्षेत्र ‘क’ को मतदाताको घरदैलो कार्यक्रम सकेलगत्तै निर्वाचन क्षेत्र ‘ख’ को पनि कार्यक्रम सकेर सदरमुकाम फर्किएका हुन् । समानुपातिकतर्फका उम्मेदवार गीता सेन्दाङ आइतबार बेलुकी सावादिन र खेजेनिम कार्यक्रम सकेर फकिएकी थिईन् । तुम्याङसहित केशब दाहाल,दीपेन्द्र सेन्दाङ,मंगल मेन्याङबो लगायतका नेता सबै सदरमुकाम जम्मा भएका छन् ।

मतदाताको घरदैलो गर्ने क्रममा मतदातासँग छलफल गर्दै काग्रेस उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ ।

मतदाताको घरदैलो गर्ने क्रममा मतदातासँग छलफल गर्दै काग्रेस उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ ।

तर निवर्तमान प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम र महासमिति सदस्य शिला इजमसहितको टोली पेदाङ पुगेको छ । काग्रेस उम्मेदवार विजयी गराउन तालिकाअनुसार जिम्मेवारी बाँडफाँड गरेर तोकिएको क्षेत्रमा पुगेका छन् ।

मतदाताको घरदैलो गर्ने क्रममा पेदाङका मतदातासँग लीलादेवी वोखिम र शिला इजम राई ।

मतदाताको घरदैलो गर्ने क्रममा पेदाङका मतदातासँग लीलादेवी वोखिम र शिला इजम राई ।

तुम्याङले भने,‘मतदातासँग भेटघाट र पार्टीका साथीहरुसँग चुनाव केन्द्रित गफगाफ राम्रो भयो । हामी निकै उत्साही भएर फर्किका छौ ।’ आफूलाई मतदाताले माया गरेर पुनः बोलाएकाले सम्भव भएसम्म भेटघाटका लागि जाने तयारी रहेको बताए । तुम्याङले भने,‘म पार्टी कार्यालयमा कम उपलब्ध हुन्छु । किनकी मतदाताको घरमा निम्तो छ ।’ काग्रेसले टोल र वडास्तरीय भेटघाट सकेपनि पुनः निरन्तरता दिने भएको छ ।

साँझपख मतदाताको घरदैलो गर्ने क्रममा मतदातासँग

साँझपख मतदाताको घरदैलो गर्ने क्रममा मतदातासँग

पालिकास्तरीय आभसभा केन्द्रित तयारमा जुटेको सचिव युक हाँ वीर हाङगामले (डम्बर) जानकारी दिए । कार्यवहाक सभापति डिल्लीरमण बरालका अनुसार पहिलो चरणको कार्यक्रमको समिक्षासहित पालिकास्तरीय आमसभा केन्द्रित गतिविधिमा केन्द्रित भएको छ । केन्द्रमा रहेका नेता कार्यकर्ता स्वस्र्फूत रुपमा जिल्ला आउन थालेको पार्टी प्रवक्ता विश्व नाल्बोले बताए । काग्रेस नेता खगेनसिंह हाङगामका अनुसार नेपाली काग्रेससँग मतदाताको आशा र अपेक्षा धेरै भएकाले उम्मेदवार र पार्टीले इमान्दार रुपमा मतदातासँग वाचा गरेको छ । नेता हाङगामले भने,‘देशको अवस्था सम्हाल्न यो बेला काग्रेस र काग्रेसको नेतृत्व आवश्यक छ । जनताले मनले बुझेका छन् । अब मत दिएर न्याय गर्नेमा ढुक्क छौ ।’ नेपाली काग्रेसले सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । देशभरका जनतामा ‘गगन–विश्व क्रेज’ भएकाले काग्रेस बलियो हुने काग्रेस नेता कार्यकर्ताको तर्क छ ।

मतदाताको घरदैलो गर्ने क्रममा समानुपातिक उम्मेदवार गीता सेन्दाङ

मतदाताको घरदैलो गर्ने क्रममा समानुपातिक उम्मेदवार गीता सेन्दाङ