मतदाता शिक्षा कार्यक्रम
माघ २८ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यता ताप्लेजुङमा ६१ वटा वडाका लागि ६१ जना छनौट भएका छन् । मतदाता शिक्षाका लागि उनीहरु स्यंमसेवक हुन् । स्वास्थ्यस्यंम सेविका वा वाल विकास सहजकर्तालाई (विद्यालयमा कार्यरत) मतदाता शिक्षा कार्यक्रममा सहभागी गराएर परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी वान्दवराज दुलालले भने,‘स्थानिय तहलाई नाम मागेका थियौ । स्थानिय तहले पठाएकालाई नै मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्छौ ।’ जिल्ला निर्वाचन अधिकारी संयोजक रहेको ४ सदस्यीय समितिमा कार्यालय रहको सम्बन्धित स्थानिय तहको प्रशासकीय सदस्य (फुङलिङ नगरपालिका),स्थानिय तह सम्पर्क समिति संयोजक फुङलिङ नगरपालिकाकै र निर्वाचन कार्यालयकै नायब सुब्बा पर्वत विष्ट सदस्य सचिव छन् । मतदाता शिक्षा कार्यक्रममा सहभागी हुनेको माघ २४ गते निर्णय भएको छ ।
यसैबिच अनुगमन कर्ताको लागि बुधबार एक दिने प्रशिक्षण अभिभुखीकरण कार्यक्रम तय भएको छ । उनीहरुले आ–आफ्नो पालिका–पालिकामा गएर मतदाता शिक्षा कार्यक्रममा छनौट भएका स्यंमसेविका र वाल विकास सहजकर्तालाई प्रशिक्षण गराउनेछ । मतदाता शिक्षा कार्यक्रम अनुगमनकर्ता फुङलिङ नगरपालिकामा त्रिविक्रम लिम्बु,मैवाखोला गाउँपालिका चन्द्रमणि पौडेल,मेरिङदेन गाउँपालिका विष्णु चुदाली,फक्ताङलुङ गाउँपालिका जयप्रसाद रिजाल,पाथीभरा गाउँपालिका अर्जुन श्रेष्ठ,मिक्वाखोला गाउँपालिका राम कुमार कार्की, सिदिङ्वा गाउँपालिका रुद्र प्रसाद वेघा,आठराई त्रिवेणी गाउँपालिका घनश्याम बराल र सिरीजंङगा गाउँपालिकामा डिल्लीराज खड्का हुन् । आठराई त्रिवेणी गाउँपालिकाबाट बरालको नाम भएपनि परीक्षामा भएकाले सहभागी हुने नहुने टुंगो छैन् । मतदाता शिक्षाका लागि स्वस्तिक छाप र नमुना मतपत्र उपलब्ध छ । ब्रुसर र पम्पलेट,लगायत सचेतनामुलक सामाग्री आउन बाँकी छ । कार्यालयका सूचना अधिकारी दुलाले भने,‘मतदाता शिक्षा सामाग्री पठाउनेछौ । बाँकी सामाग्री आएलगत्तै उपलब्ध गराउनेछौ ।’