setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले आज भारतसँग खेल्दै

कार्तिक १०, २०८२, सोमवार

कात्तिक १० गते । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालको महिला टोलीले आज भारतसँग खेल्दैछ । यो खेल शिलोङमा रहेको जवाहरलाल नेहरु रंगशालामा बेलुकी सवा ६ बजे हुनेछ ।

नेपाल

नेपाल

यसअघि नेपाली महिला टोली गएको शुक्रवार ईरानसँग ३ गोलले पराजित भएको थियो । यो प्रतियोगितापछि आउँदो बिहीवार कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।