setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मेरिङ्देनमा पाटी प्रवेश कार्यक्रमले काग्रेसमा उत्साह

जेठ १८, २०८२, आइतवार
थुकिमामा शनिबार पाटी प्रवेश कार्यक्रम

थुकिमामा शनिबार पाटी प्रवेश कार्यक्रम

जेठ १८ गते । नेपाली काग्रेस पाटीले जिल्लाको मेरिङ्देन गाउँपालिकास्थित थुकिमामा शनिबार पाटी प्रवेश गराउने कार्यक्रम तय गर्यो । सुरुवातमा काग्रेस नेता सीता गुरुङलाई प्रमूख अतिथि बनाएर कार्यक्रम गर्नेगरिको तयारीमा जुट्यो । यद्यपी प्रतिनिधिसभामा व्यस्त हुनुपर्ने भएकाले गुरुङले आफू आउन संम्भव नभएको खवर दिए । लगत्तै काग्रेस केन्द्रिय सदस्य नैनसिंह महर ल्याउने निर्णय गर्यो । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले ताप्लेजुङ लिएर आए । नेपाल विद्यार्थी सँघका पूर्व सभापति तथा पाटीको शिक्षा विभाग प्रमूख महर आउँदो महाधिवेशनमा महामन्त्रीको दौडमा छन् । शनिबार विहानको पत्रकार सम्मेलनमा उनले महामन्त्री पदको उम्मेदवार भएको पुष्टि नै गरे । महरका लागि ताप्लेजुङ आउने मौका त मिल्यो नै । तालमेल मिलाउन केही हदसम्म फाइदा पनि । जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याङ,सचिवद्धय युक हाँ वीर हाङगाम (डम्बर),सञ्जयबाबु निरौला (गणेश),पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम,महासमिति सदस्य शिला इजम लगायत नेताहरु थुकिमा पुगे ।

गाउँपालिका सभापति जय वहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ता कम थिए । जबकी प्रताप प्रकाश हाङगामले पनि बोलेनन् । नेता कार्यकर्ताको उपस्थिति बाक्लो थियो । सायद,चुनावी आमसभा भन्दा बढि थियो भन्दा पनि फरक नपर्ला । कार्यक्रमको दौरानमा उद्घोषकले पाटी प्रवेश गर्नेको नामावली वाचन गरे । नेताहरु स्टेज अगाडी खादा र अबिर बोकेर तयार भए । तरुण दल केन्द्रिय सदस्य उदय आङवुहाङले भनेका थिए,–करिब ५० जना जति प्रवेश हुन्छ । यद्यपी उद्घोषकले ८७ जनाको नाम र वतन नै वाचन गरे । के साँच्चिकै ८७ जना नै छन त ? भन्ने प्रश्न उठ्यो । मोबाइलमा भिडियो रेकर्ड गर्न थाल्यौ । किनकी कति जना सक्रिय र निस्क्रिय राजनीतिमा थिए भनि यकिन गर्न भिडियो कैद जरुरी थियो । लगत्तै सामूहिक तस्बिर खिचे । नयाँ पुराना दुवै मिलेर चर्को आवाजमा बोले ।

नेपाली काग्रेस

जिन्दाबाद ! (३ पटक)

काग्रेस केन्द्रिय सदस्य नैनसिंह महरसहित नेताहरु

काग्रेस केन्द्रिय सदस्य नैनसिंह महरसहित नेताहरु

अतिथि स्टेजमा आ–आफ्नो स्थानमा आसन ग्रहण गरे । स्टेजको कार्यक्रम चल्दै थियो । बाहिर फोटो खिच्ने क्रम निकै बेर चल्यो । मन्त्री हाङ्गामले भने,‘पाटी परिवर्तन गर्न पाउनु नागरिकको अधिकार हो । काग्रेसमा आउनुभयो । तपाईहरुको संरक्षण अब काग्रेसले गर्छ ।’ नेकपा एमालेका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेको जन्मथलो नाल्बुबाट ४ दर्जन कार्यकर्ता पाटीमा प्रवेश गराउनु चानचुने विषय थिएन । त्यही भएर काग्रेसले प्रतिष्ठाको विषय बनायो । यूवा सँघ जिल्ला अध्यक्ष मानिक तुम्बाहाङम्फे पनि नाल्बु कै हुन् । वडाअध्यक्ष पनि एमालेकै छन् । एमाले पाटीका लागि झड्का पनि हो । यद्यपी एमालेले पाटी प्रवेशको विषयलाई त्यति महत्व दिएका छैनन् । एमाले नेताहरु भन्छन्,ः‘समुद्रको पानी लोटामा भरेर सकिदैन् ।’ प्रमूख अतिथि महरले देशको भाग्य र भविष्य काग्रेसको निर्णयमा निर्भर रहेको स्मरण गराए । उनका अनुसार २००७ सालको प्रजातन्त्र स्थापना,दश वर्षे जनआन्दोलन र संविधान जारी गर्दासम्म काग्रेसकै भूमिका महत्वपूर्ण रह्यो । उनले भने,‘पाटी प्रवेश गर्नुभएका सबैलाई स्वागत छ । काखा पाखा गर्दैनौ । क्षमता अनुसार जिम्मेवारी दिन्छौ ।’

काग्रेस केन्द्रिय सदस्य नैनसिंह महर नवप्रवेशीलाई पाटीमा स्वागत गर्दै ।

काग्रेस केन्द्रिय सदस्य नैनसिंह महर नवप्रवेशीलाई पाटीमा स्वागत गर्दै ।

काग्रेस सभापति तुम्याङले देश र जनताको भविष्य काग्रेसको हातमा रहेको दाबी गरे । तुम्याङले भने,‘काग्रेसले कसैलाई दोष लगाउँदैन् । काग्रेस जे गर्छ । त्यही भन्छ । काग्रेस जे भन्छ । त्यही गर्छ ।’ कार्यक्रमको सुरुवातमा बोलेकी महासमिति सदस्य इजमले भिजन भएको पाटी काग्रेस भएको दावी गरिन् । उनले भनिन्,‘काग्रेसमाथि जनताको भरोसा छ । अब तपाईहरु पनि परिवारमा थपिनुभएको छ । हामी औधी खूसी छौ । अब चुनावमा नतिजासहित विकासमा हातेमालो गर्नुपर्छ ।’ मेरिङ्देन गाउँपालिका अध्यक्ष समेत रहेको पाटी सचिव हाङ्गामले सबै पाटीसँग स्वस्थ प्रतिस्पर्धा चाहेको बताए । सचिव हाङ्गामले थपे,‘पाटी प्रवेश गराउन पाउँदा हामी गौरव गछौ । तर उत्तेजित छैनौ ।’ काग्रेस नेतामा भन्दा उपस्थित कार्यकर्तामा बढि उत्साह थियो । उनीहरु भन्दै थिए,–अब मिसन ८४ पुरा गर्न सहज हुन्छ । तर कतिपयका अनुसार नव प्रवेशीलाई पाटीमा अड्याउन चुनौती छ ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम पाटी प्रवेश भएकासँग तस्बिर खिच्दै ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम पाटी प्रवेश भएकासँग तस्बिर खिच्दै ।