setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मेरिङदेन गाउँपालिकामा करेण्ट लागेर १० ओटा पशु चौपाया मरे

जेठ ९, २०८२, शुक्रवार

जेठ १० गते । जिल्लाको मेरिङदेन गाउँपालिकास्थित खुवागुमा करेण्ट लागेर १० ओटा पशु चौपाया मरेका छन् । शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा करेण्ट लागेर स्थानीय विजय एभेङ लिम्बूको १० ओटा पशु चौपाया मरेका छन् ।

थिङलाबुका वडाध्यक्ष सबिन लिम्बुका अनुसार दिउँसो जङ्गलमा चराएर गोठतर्फ लाने क्रममा करेण्ट लागेको थियो । करेण्ट लागेर एभेङको एक हल गोरु, दूई ओटा गाई र ६ ओटा बाख्रा मरको वडाध्यक्ष लिम्बूको भनाइ छ । बिजुलीको तारले पोलमा छोएर जमिनमा प्रवाह भएको करेण्ट लागेर पशुचौपायाको मृत्यु भएको स्थानीयले बताएका छन् । यता प्रहरीको टोलीले घटनाको विषयमा खोजीकार्य जारी राखेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार सो क्षेत्रमा थिङलाबु विद्युत सहकारी संस्थामार्फत विद्युत सञ्चालनमा रहेको छ । जसको रेखदेखको जिम्मा सबै सहकारीकै हुने केन्द्रले जनाएको छ । तारले पोलमा छोएको हुनाले थप जोखिमलाई न्यूनिकरण गर्न अहिले सो क्षेत्रमा विद्युत कटौती गरेको समेत केन्द्रले जनाएको छ ।

पछिल्लो समयमा ताप्लेजुङमा विद्युतको तारबाट करेण्ट लागेर क्षति हुने घट्ना बढदो क्रममा रहेको छ । गत वैशाखमा मात्रै पाथीभरा दर्शनका लागि हिँडेको गाडीमा लत्रिएको तारबाट करेण्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । विगतका वर्षमा समेत यस्ता घटनाहरू प्रशस्तै मात्रामा भएका छन् ।